Breaking News

नयाँ स्मार्टफोन किनेर स्विच अन नगर्दै नै यसरी भाइरस छिरिसक्छ है

Feb Tue 2020 05:40:15

354 views

नयाँ स्मार्टफोन किनेर स्विच अन नगर्दै नै यसरी भाइरस छिरिसक्छ है

कुन- कुन स्मार्टफोनहरु भाइरसको जोखिममा ?

तपाइँ कुन एन्ड्रोइड स्मार्टफोन वा ट्याब प्रयोग गर्नुहुन्छ ? यदि गर्दै हुनुहुन्छ भने तपाईको स्मार्टफोन भाइरसको खतरामा हुन सक्छ । तपाइँले प्रयोग गर्ने स्मार्टफोनमा यस्तो एप हुनसक्छ जसले लुकीलुकी तपाइँको स्मार्टफोनबाट तपाइँका सारा जानकारीहरु चोरी गरी ह्याकरलाई पठाउँदछ ।
यस्ता भाइरसजन्य एपहरु तपाइँको स्मार्टफोनमा प्रि-इन्स्टल्ड हुनसक्छन् । यसको अर्थ तपाइँले नयाँ स्मार्टफोन किनेर स्विच अन नगर्दै नै तपाइँको स्मार्टफोनमा भाइरस पसिसकेको हुन्छ ।
विभिन्न कम्पनीका ३० भन्दा धेरै एन्ड्रोइड स्मार्टफोन तथा ट्याबहरुमा एउटा यस्तो मालवेयर भेटिएको छ जो पहिले नै इन्स्टल भएको हुन्छ । एक साइबर सेक्योरिटी कम्पनीका अनुसार यो भाइरस ती डिभाइसहरुमा त्यसबेला नै थियो जतिबेला प्रयोगकर्ताले आफ्नो स्मार्टफोन खरीद गरी स्विच अन पनि गरिसकेका थिएनन् ।
यी ग्राहकमध्ये एक टेलिकम कम्पनी हो भने अर्को बहुराष्ट्रिय प्रविधि कम्पनी । सामसुंग, एलजी तथा गुुगल समेत कैयन् ठूला ब्राण्डका स्मार्टफोनमा पहिले नै भाइरस इन्स्टल भएको पाइएको छ ।
ती एपहरुले प्रयोगकर्ताका सूचना चोरी गर्दछन् । त्यस्तै एउटा फोन मा त  Slocker नामको पैसा माग्ने एप थियो । यो र्‍यानसमवेयर  भनेको त्यस्तो हो जसको मद्धतले ह्याकरले प्रयोगकर्ताको डिभाइस लक गरिदिन्छ भने लक खोल्नका लागि फिरौति माग्दछ ।

 चेक प्वाइन्टको अध्ययनका क्रममा प्रिइन्स्टल्ड भाइरस पाइएका डिभाइसहरु यी हुन्ः

– Samsung Galaxy Note 2

– LG G4

– Samsung Galaxy S7

– Samsung Galaxy S4

– Samsung Galaxy Note 4

– Samsung Galaxy Note 5

– Samsung Galaxy Note 8

– Xiaomi Mi 4i

– Galaxy A5

– ZTE x500

– Samsung Galaxy Note 3

– Samsung Galaxy Note Edge

– Samsung Galaxy Tab S2

– Samsung Galaxy Tab 2

– Oppo N3

– Vivo X6 plus

– Nexus 5

– Nexus 5X

– Asus Zenfone 2

– Lenovo S90

– Oppo R7 plus

– Xiaomi Redmi

– Lenovo A850

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?