Breaking News

सामाजिक सञ्जालका प्रयोगकर्ता निशानामा : साइबर क्राइमबाट बच्न के गर्ने, के नगर्ने ?

Feb Tue 2020 05:40:19

746 views

सामाजिक सञ्जालका प्रयोगकर्ता निशानामा : साइबर क्राइमबाट बच्न के गर्ने, के नगर्ने ?

आपराधिक घटनाहरुले महिलाहरुका लागि सामाजिक सञ्जालमा सुरक्षाको विषयलाई लिएर अनेक प्रश्न उब्जाएको छ ।

भारतको बेगलुरु सहरमा एक महिलाको नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर एस्कर्ट सर्भिस दिने वेबसाइटमा राखियो । त्यसपछि महिलालाई नचिनेका व्यक्तिहरु बारम्बार फोन गर्न थाले । महिलाले यस बारेमा उजुरी दर्ता गराइन् ।

त्यस्तै केही दिन अघि ट्वीटरमा ‘पाकिस्तान डिफेनस’ नामको ह्याण्डलले दिल्लीकी एक युवतीको तस्विरलाई आपत्तिजनक बनायो । यसरी महिलाका तस्विर र निजी जानकारीको गलत ढंगबाट प्रयोग र तयसलाई ट्रोल गरेका घट्नाहरु दिनानुदिन सुन्नमा आउँछन् ।

सामाजिक सञ्जाल

यस्ता अपराधहरुसँग निरुत्साहित गर्न कानुन बनाइएको छ । तर सामाजिक सञ्जाल प्रयोगकर्ता महिलाहरुले केही सावधानी अपनाए यस्ता घट्नाबाट जोगिनुका साथै सुरक्षित तरिकाले सामाजिक सञ्जालमा क्रियाशिल हुन सक्छन् ।

यस बारेमा साइबर सुरक्षा विशेषज्ञ जितेन जैनले सामाजिक सञ्जाल प्रयोग गर्दा केही कुरामा ध्यान दिन सल्लाह दिएका छन् । हामी तिनै कुराहरुका बारेमा यहाँ बर्णन गर्न गइरहेका छौं ।

साइबर क्राइमबाट यसरी बच्न सक्छन् महिला, के गर्ने, के नगर्ने ?

के गर्ने, के नगर्ने ?

१) सबैभन्दा पहिलो सामाजिक सञ्जालमा आफ्नो निजी तस्विर राख्नु हुँदैन । तपाईका तस्विर कसैलेपनि प्रयोग गर्न सक्छन् ।

२) तर पनि तपस्वर राख्न चाहन्हुन्छ भने आफ्नो फेशबुक एकाउन्टमा प्राइभेसी सेटिङलाई सार्वजनिक नगर्नुस् ।

३) सेटिङ आफ्ना साथीभाई र आफुसँग जोडिएका व्यक्तिहरुले मात्रै हेर्न सकिने बताउनु पर्दछ । जसले गर्दासामाजिक सञ्जालमा राखिएको तस्विरसम्म अपरिचित व्यक्तिको पहुँच हुँदैन ।

४) आफ्नो नामको बारेमा गूगलमा सधै सर्च गरि राख्नुस् । यसबाट तपाईलाई आफ्नो नाम कहाँ र कुन–कुन वेबसाइटमा आउँदैछ भन्ने जानकारी हुन्छ ।

५) यदि कुनै गलत स्थानमा अथवा आफुले अनुमति नदिएको स्थानमा तपाईको नाम देखिए त्यसलाई तत्काल हटाउन भन्नुस् ।

६) अपरिचित व्यक्तिको फेशबुक एकाउण्टसँग आफुलाई नजोड्नु होस । अपरिचित व्यक्तिसँग जोडिदा क्षति हुन सक्छ । प्रोफेशनल मानिसहरुलाई लिंकडइन मा जोड्नु होस । फेशबुकमा उनीहरुसँग जोडिदै नजोडिनु होस ।

७) ट्वीटरमा भुलेर पनि निजी तस्विर अपलोड नगर्नु होस । यो सोशल नेटवर्किङ साइट नभएर ट्वीटिङ प्लेटफर्म हो ।

८) ट्वीटरमा तपाईको अनुमति विना अरुले फलो गर्न नसकिे सेटिङ गर्न सकिन्छ । तर अधिकांश व्यक्तिले यस्तो गर्दैनन् । सेटिङलाई बढीभन्दा बढी निजी गरेर तपाईको एकाउण्ट बढी सुरक्षित रहन सक्छ ।

९) तपाईले कयौं पल्ट कुसैको एकाउण्ट ब्लक गरि दिनुहुन्छ अथवा त्यसका बारेमा रिपोर्ट गर्नुहुन्छ । त्यसपछि ब्लक गरिएको व्यक्ति तपाईको एकाउण्टसम्म पुग्न त सक्दैन तर त्यो व्यक्ति अर्को एकाउण्टमार्फत तपाईको एकाउण्टसम्म पुग्न सक्छ भन्ने कुरालाई बिर्सनु हुँदैन ।

१०) तसर्थ कुनै अपरिचित व्यक्तिको फ्रेण्ड रिक्वेस्ट स्वीकार्नु अघि यो कुरालाई सधै दिमागमा राख्नु पर्दछ ।

११) यदि तपाई कुनै समस्यामा पर्नु भएको छ भने नआत्तिकनै नजिकको प्रहरी चौकीमा यस बारे जानकारी दिनु होस ।

कसरी पत्ता लगाउने नक्कली एकाउण्ट

केही उच्श्रृखल व्यक्तिले युवतीको तस्विर राखेर युवतीकै नाम राखेर फेशबुक एकाउण्ट खोलेका हुन्छन । त्यस्तै नक्कली नाम र तस्विरका साथ पनि फेशबुक एकाउण्ट बनाइएका हुन्छन ।

जितेन जैन भन्छन्, “यस्ता एकाउण्ट पता लगाउनका लागि केही कुराहरुमा ध्यान दिन जरुरी छ । कसैको फ्रेण्ड रिक्वेस्ट स्वीकार गर्नु अघि उसको एकाउण्ट राम्रोसँग गर्नु पर्दछ ।’’

उनका अनुसार यस्ता नक्कली एकाउण्टमा रहेका तस्विरहरु एकै दिन राखिएका हुन्छन् । उ केवल तीन–चार ग्रुपसँग मात्रै जोडिएको हुन्छ र १०÷१५ जना मात्रै साथी हुन्छन् । कति पय यस्ता नक्कली एकाउण्टमा फरक–फरक युवतीका तस्विरपनि हुन्छन् । ती तस्विरहरु आपत्तिजनकपनि हुन सक्छन् ।

जितेन जैन भन्छन्, ‘‘प्रोफाइल तस्विर कुनै युवतीको हुन्छ तर ग्यालरीमा उसको एउटापनि तस्विर हुँदैन । न कुनै पोस्ट हुन्छ । यस प्रकारका एकाउण्टबाट जोगिनु पर्दछ ।’’

लाइकको चाहना 

सोशल स्पेसमा महिलाका साथ हुने आपराधिक घटनाहरुमा क्रिमिनल साइकोलोजिस्ट अनुजा त्रेहन कपूर भन्छिन्, “महिलाहरुले जिन्दगीमा आशा गरे अनुसार महत्व नपाएपछि भचुर्अल दुनियातर्फ झुकाव राख्न थाल्छन् । जहाँ उसको प्रशंसा गर्न मानिसहरु थाक्दैनन् । सेल्फी कै कुरो गर्ने हो भने यसले हामीलाई यस्तो स्थानमा ल्याइ पुर्याएको क छि भर्चुअल दुनियामा त तर्पालाई लाइक मिल्ला तर असल दुनियामा तपाईलाई कसैले सोध्न पनि सोध्दैन ।’’

लाइक र प्रशंसाको चाहनाले मानिसहरुलाई सामाजिक सञ्जालमा तस्विर राख्न प्रत्साहित गर्दछ र उनीहरुले आफ्नो निजी जानकारी र तस्विर अपलोड गर्ने शिलशिला बढाउने अनुजाको भनाई छ । उनका अनुसार महिलाहरुका साथ यही स्थिति हुन्छ । त्यो बेला उनीहरु आफ्नो तस्विरको दुरुपयोगपनि हुन सक्छ भन्ने कुरा भुलिदिन्छन् । अनुजा भन्छिन्, ‘‘मानिसहरुलाई भर्चुअलभन्दा बढी साँच्चैको जिन्दगीमा ध्यान दिन आवश्यक छ । सामाजिक सञ्जाललाई पूर्ण रुपमा छोड्न सकिदैन भने सुरक्षाका लागि आइरहेका नयाँ तरिकाहरु अपनाउन आवश्यक छ । यसो गर्दा गर्दैपनि समस्या सिर्जना भए कानुनी सहायता लिनु पर्दछ ।’’

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?