अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी सासा भने ह्वाइट हाउसको ऐसआरामपूर्ण जीवन छाडेर रेष्टुरेन्टमा काम गर्छिन भन्दा पत्याउन गाह्रो पर्छ तर यो साँचो हो ।
ओबामाकी १५ वर्षीय छोरी सासा गर्मी विदाको समयमा मासाच्युसेट्सको मार्था वाइनयार्डमा एक रेष्टुरेन्टमा वेटरको काम गरिरहेकी छन् ।बोस्टन हेराल्डको रिपोर्टअनुसार साशा अर्था नतासालाई सुरक्षा होस भनेर बेलाबेलामा गुप्तचर विभागका ६ जना एजेन्ट समेत गोप्य रुपमा आउने गरेका छन् ।
ओबामा परिवार विदाको समयमा अक्सर यो सहरमा आउने गर्छन । तस्बिरमा राष्ट्रपति ओबामाकी छोरी सासा रेष्टुरेन्टको वेटरको आधिकारिक पोशाक निलो टिसर्ट र क्यापमा रिसेप्सनमा काम गरिरहेको देखिएको छ ।
सासासँगै काम गर्ने कर्मचारीले उनी रेष्टुरेन्टको तल्लो तलामा काम गर्ने गरेको र उनीसँग अरु केही मानिसहरु पनि आएको बताएका छन् ।
ह्वाइट हाउसमा उनको काम बारे कुनै टिप्पणी भएको छैन तर मिशेल ओबामाले आफ्ना बच्चाहरुलाई सामान्य रुपमा हुर्काउन चाहेको बताउने गरेकी छन् । रिसेप्सनबाहेक उनको काम ग्राहकलाई टेबलमा खाना लगिदिने र लञ्चको समयमा टेबल सफा गर्ने हो ।
पश्चिमी देशका ठूला हस्तीका छोराछोरीले यसप्रकारको काम गर्नु कुनै नौलो कुरा होइन तर, यसबाट हाम्रोजस्तो देशका कथित क्रान्तिकारी नेताका छोराछोरीले केही सिक्ने कि ?
-