Breaking News

नेपालमा साइवर स्पेसको ठूलो चुनौती छ, सरकार सिरियस भएन - ह्याकर विकास

Feb Tue 2020 05:40:49

269 views

नेपालमा साइवर स्पेसको ठूलो चुनौती छ, सरकार सिरियस भएन - ह्याकर विकास

        प्रोगामिङ सिकेकोले आफूलाई टेस्ट गर्न सरकारी वेब ह्याक गर्न सक्छ

विकास भन्छन, नेपालमा वेबसाइट सेक्युरिटी र साइबर थ्रिएट रोक्न सरकार नै गम्भीर भएर लाग्नुपर्नेछ । नेपालका ९० प्रतिशत वेबसाइटहरु सेक्युर छैनन् । सरकारी साइटको त बेहालै छ । बरु स्कुलका साइट सेक्युर छन् सरकारी भन्दा । प्रोगामिङ सिकेकोले आफूलाई टेस्ट गर्न सरकारी वेब ह्याक गर्न सक्छ । विश्वभरी .gov देख्ने वितिक्कै सबैको सोच यो त यस देशको सरकारको साइट हो भन्ने सोच जान्छ र सरकारी भन्ने वितिक्कै ठूलो अर्गनाइजेसनको साइट हुन पर्छ भन्ने सोच सबैको हुन्छ । वर्षमा न्युनतम ५ चोटी नेपाल सरकारका साइटहरु बिभिन्न देशबाट ह्याक हुने गर्दछ ।

 कोही मात्र थियो नेपालको साइटलाई केयर गर्ने । अब सायद कोही पनि छैनन् । हामीले कहिल्यै पनि सिरियस डाटा नष्ट गरेनौं । बारम्बार बग रिपोर्ट गऱ्यौं, तर उल्टै पक्राउ गर्न लगाए । अबको साइवर आक्रमण नेपालका लागि ठूलो अभिशाष बन्नेछ, बेलैमा नेपाल सरकार सतर्क होउ भनेर हामीले नेपाल सरकारको ठूलो पब्लिक डाटा रहेको नेपाल टेलिकमको कमजोरी पत्ता लगाएर सचेत गराउन खोज्यौ बिना कुनै एक डाटा नष्ट नगरी उल्टै अपराधी बनाएर प्रहरी हिरासतमा पुगे, अहिले मलाई ३० हजार धरौटीमा अदालतले छोडेको छ । जेठ २६ गते अदालतमा हाजिरी हुने तारीख छ, मैले वेब ह्याक गरेको मात्रै स्विकारे हो । अरु जुनै आए पनि होइन ।

bikash-paudel Bikash-Poudel-232x134मैले अहिलेसम्म केहीको पनि फेक इमेलहरु बनाउने काम गरेको छैन, त्यस्तो काम गरेर पैसा कमाम् भन्ने कहिल्यै सोचिन । बग हन्टरको रुपमा सेक्युरिटी बलियो बनाउने अनुरोध गरिरहन्थे तर कहिल्यै वास्ता गरिएन र मलाई फसाउन खोजिएको छ । यसबाट साइवर आक्रमणमा अबका दिनहरुमा नेपालले ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ किनकी अहिले बिभिन्न देशहरुबाट नेपाल सरकारको केन्द्रिय सूचना प्रणालीमा दिनमा ५ पटकभन्दा बढी थ्रिएट आइरहेको छ । जसमा नेपाल सरकार गम्भीर देखिएको छैन । मलाई एनटिसी, क्षयरोग केन्द्रले मात्रै नभई एनसेलले पनि मिलेर उजुरी गरेको भन्ने सुनेको छु र अझ फेक इमेल बनाएर के के गरेको भन्ने आरोप लगाएर थप फसाउन खोजेको थाहा पाएको छु ।

विकास भन्छन, नेपालमा वेबसाइट सेक्युरिटी र साइबर थ्रिएट रोक्न सरकार नै गम्भीर भएर लाग्नुपर्नेछ । नेपालका ९० प्रतिशत वेबसाइटहरु सेक्युर छैनन् । सरकारी साइटको त बेहालै छ । बरु स्कुलका साइट सेक्युर छन् सरकारी भन्दा । प्रोगामिङ सिकेकोले आफूलाई टेस्ट गर्न सरकारी वेब ह्याक गर्न सक्छ । विश्वभरी .gov देख्ने वितिक्कै सबैको सोच यो त यस देशको सरकारको साइट हो भन्ने सोच जान्छ र सरकारी भन्ने वितिक्कै ठूलो अर्गनाइजेसनको साइट हुन पर्छ भन्ने सोच सबैको हुन्छ ।वर्षमा मिनिमम ५ चोटी मात्र नेपाल सरकारका साइट हरु भिभिन्न देशबाट ह्याक हुने गर्दछ ।

नेपालको सम्पत्ति नेपालीले नै जोगाउनुपर्छ । मैले बारम्बार सर्भर र साइटमा प्रोब्लम छ भनिरहेँ, सम्बन्धितले नै वास्ता गरेनन् । अन्तिममा मैले डिफेसमेन्ट मात्रै गर्थें । डाटा नष्ट गर्ने वा अरु अपराध कहिल्यै गरिन । एनटिसीको त्यत्रो डाटा अरु कसैले नै एक्सेस गरिदिएको भए उसले पुरै डिलिट गरिदिन पनि सक्थ्यो । विदेशी वा अपराधको सोच भएकाले त्यसरी एक्सेस लिएको भए कति क्षति हुन्थ्यो होला ? त्यसैले मेरो एउटै अनुरोध के छ भने प्रत्येक कम्पनीले वेबसाइटमा सेक्युरिटी पेज राख्ने र रिपोर्ट गर्ने सुविधा दिनुपर्छ । अहिले हामीले रिपोर्ट गरे पनि वर्षौसम्म त्यसको रिप्लाई आउँदैन । अनि वेबसाइट डिजाइनिङ, डेभलपमेन्टदेखि निरन्तर कन्टेन्ट अपडेट गर्ने र इन्फर्मेशन सेक्युरिटी अडिट गर्नाले सम्भावित खतराबाट बच्न सकिन्थ्यो ।

  • लिभिङ विथ आइसिटीका शिव बस्नेतको लिएको अन्तवार्ताको सान्दर्भिक अंशहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?