काठमाडाैं : बुधबार बिहान पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कबिहीन भएको तारा एयरको 9N-AHH ट्विनअटर विमान म्याग्दीको दाना गाविस–२ सोलेघोप्टे भीर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो।
बुधबार बिहान ७ः५० बजे पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कबिहीन भएको तारा एयरको जहाज दानाको सोले घोप्टेको केगरबुटामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । विमानमा चालकदलका तीन सदस्यसहित २३ को दुर्घटना स्थलमै मृत्यु भएको छ । यो विमान क्यानडाको कलगरीबाट असोज १ गते उडेको जहाज १० वटा एयरपोर्ट हुँदै ६० घन्टाको उडानमा गत असोज ९ गते शनिबार दिउँसो १ बजे काठमाडौं विमानस्थल आइपुगेको थियो।
यो जहाजलाई वरिष्ठ पाइलट रोशन मानन्धर र अर्का क्यानडियन पाइलट स्टेफन क्यानडीले क्यानडाबाट उडान गरि ल्याएका थिए । जहाजको इन्धन क्षमता २४ सय ५० लिटर छ । १८ जना यात्रु क्षमता भएको यो जहाज लगातार ४ घन्टाको उडान गर्न सक्ने बताएको छ । प्रति घन्टा ३ सय १४ किलोमिटर क्रुज स्पिड भएको यस जहाजको फ्याक्ट्री मूल्य ७० करोड हाराहारी बताईन्छ । तारा एयरको मातृ कम्पनी यती एयरलायन्स हो । हाल ताराले दुर्गम र एतीले सुगम रुटमा उडान भर्दै आएका छन् ।
यो विमान ३०० सिरिजको दाँजोमा एडभान्स मानिएको थियो। डिजिटल ककपिट राखिएको यस जहाजमा चार वटा डिस्प्ले मोनिटर थियो । तीनवटाले काम नगरे पनि एउटाले मात्रै पनि काम गर्ने बताइएको थियो । तर, विमान बुधबार दुर्घटनमा पर्यो । यो घटनाले सबैलाई स्तब्ध बनायो । सबैको लागि यो दुःखको समाचार थियो । तर, नेपाली आकाश र नेपाली हवाई सेवाको बारेमा जानकारी राख्नेको लागि यो नयाँ थिएन । एक अधिकारी भन्छन्,‘माफियाहरुको कब्जामा रहेको नेपाली आकाशमा यो हुन कुनै नयाँ कुरा होइन ।’
माफियाको कब्जामा नेपाली आकाश
दर्ता नम्बर ९ एनएभीई भएको यति एअरलाइन्सको ट्वीन ओटर विमान ५ अप्रिल २००२ मा संखुवासभाको तुम्लिङटार विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भयो । नागरिक उड्डयन प्राधिकरणले उक्त जहाजलाई बियोन्ड इकोनोमी रिपेयर लाइफ (बीईआरएल) घोषणा गर्यो । तर, उक्त जहाज अहिले पनि नेपाली आकाशमा उडिरहेको छ ।
गोर्खा एअरलाइन्सको स्वामित्वमा ९ एनएजीक्यू डोर्नियर विमान सिमिकोट विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भयो । तारा एअरले उडाइरहेको गोर्खा एअरलाइन्सको उक्त जहाजलाई पनि अनुसन्धान पश्चात वियोन्ड इकोनोमी रिपेयर लाइफ (बीईआरएल) घोषणा गरियो । गोर्खा एअरलाइन्स र तारा एअरलाइन्सले उक्त विमान उडाउन नमिल्ने भन्दै विमा दाबी गरे ।
दुर्घटनास्थल तुम्ङिटारबाट विमानको सम्पूर्ण पाटपुर्जा उठाएर काँकडभिट्टाबाट कलकत्ता हुँदै क्यानडा पुुर्यायो । पाटपुर्जा क्यानडा पठाउँदा पानीजहाजको बिलमा समेत डिस्क्रिप्सन अफ शिपिङ गुड्स्मा कबाडी सामान उल्लेख छ ।
विमा वापतको रकम दुवैले आधा आधा लिए । तर दुर्घटनामा परेपछि उक्त विमान २० वर्ष पुरानो भइसकेको खुल्यो । नेपालको हवाई सुरक्षा नीति अनुरुप २० वर्ष पुराना जहाज उडाउन मिल्दैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेपछि उक्त विमानको दर्ता हतार हतार दर्ता खारेज गरियो । आयु खुल्ने डरले विमान वेपत्ता बनाइयो ।
बियोन्ड इकोनोमी रिपेयर लाइफ (बीईआरएल) घोषणा गरिएका विमानलाई मर्मत गरि उडाइदैन । बीईआरएल नियम अनुसार कबाडि घोषणा गरी लिलामीमा राखिन्छ जुन अन्तराष्ट्रिय संहिता पनि हो । यति एअरलाइन्सले विमा कम्पनीबाट क्षतिपूर्ति दाबी गर्यो । दुर्घटनास्थल तुम्ङिटारबाट विमानको सम्पूर्ण पाटपुर्जा उठाएर काँकडभिट्टाबाट कलकत्ता हुँदै क्यानडा पुुर्यायो । पाटपुर्जा क्यानडा पठाउँदा पानीजहाजको बिलमा समेत डिस्क्रिप्सन अफ शिपिङ गुड्स्मा कबाडी सामान उल्लेख छ । तर, त्यसरी कबाडी घोषणा गरिएको जहाज अहिले नेपालको आकाशमा बिना रोकटोक उडान भरिरहेको छ ।
बियोन्ड इकोनोमी रिपेयर लाइफ घोषणा गरिएका विमानको दर्ता खारेज गर्नुपर्ने प्रावधान समेत छ । तर, यति एअरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पा र प्राधिकरणका कर्मचारीको मिलेमतोमा उक्त जहाजको दर्ता खारेज गरिएन । बरु डिरजिस्सट्रेन गरियो । क्यानडा रहेको मेन्टिनेन्स–रिपेयर–ओभरहल (एमआरओ) सर्भिस सेन्टरमा पुर्याइयो । मर्मत गरियो र दर्ताको चेक जाँच नगरी पुरानै दर्ता नम्बरमा जहाज भित्र्याइयो । ‘कर छल्न पुरानै दर्ता नम्बरमा नयाँ जहाज ल्याएर उडाएको हुनसक्छ,’ पर्यटन मन्त्रालयमा काम गरेका र हाल प्रधानमन्त्री कार्यालयमा रहेका एक उच्च अधिकारी भन्छन्, ‘बियोन्ड इकोनोमी रिपेयर लाइफ’ घोषणा गरिएका जहाज मूर्खले समेत मर्मत गरेर फेरी उडाउँदैन । अर्बाैं रुपैयाँको घाटा हुन्छ ।’
नाम मात्रैको कारबाही ?
केही महिना अघि त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त टर्किश एअरलाई पनि बियोन्ड इकोनोमी रिपेयर लाइफ घोषणा गरिएको छ । उक्त विमानलाई टर्किश एअरले कबाडीमा लिलाम बिक्री गर्ने भएको छ । यति एअरलाइन्सका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो । छानबिनबाट अख्तियारले अनियमितता भएको पुष्टि गरेको थियो । अख्तियारले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक मेदिनीप्रसाद शर्मा, सुरक्षा प्रमुख रतिशचन्द्रलाल सुमन, एअरलाइन्स अफेयर्स विभागका विनोद गिरी र व्यवस्थापक टेकराज पोखरेललाई अनियमिततामा संलग्न रहेको ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको थियो । तर, उनीहरुमाथि कारवाही भएन ।
अख्तियारले यति एअरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पालाई पनि कारवाही गरेको छ । त्यसअनुसार शेर्पा भविष्यमा कुनैपनि सार्वजनिक निकाय अन्तर्गतका कुनैपनि संस्थाको पद धारण गर्न पाउँदैनन्
अख्तियारले यति एअरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पालाई पनि कारवाही गरेको छ । त्यसअनुसार शेर्पा भविष्यमा कुनैपनि सार्वजनिक निकाय अन्तर्गतका कुनैपनि संस्थाको पद धारण गर्न पाउँदैनन् । त्यस्तै राजश्व अनुसन्धान विभागले यति एअरलाइन्सले राजश्व छलि गरेको ठहर गर्दै १ करोड ५० लाख रुपैयाँ जरिवाना तिराएको छ । तर, यी कुनैपनि अनुसन्धानबाट आङछिरिङले पुरानै दर्ता नम्बरमा नयाँ जहाज ल्याएको खुल्दैन ।
अनुसन्धान प्रतिवेदनबाट बियोन्ड इकोनोमी रिपेअर लाइफ घोषणा गरिएको पुरानै जहाज उडिरहेको निष्कर्ष निकाल्न जोकोही बाध्य हुन्छ । ‘बियोन्ड इकोनोमी रिपेयर लाइफ घोषणा गरिएका यस्ता जहाजको सुरक्षाको ग्यारेन्टी कसले गर्न सक्छ ?’ ती अधिकारीले प्रश्न गर्दै भने, ‘पछिल्लो समय नेपाली आकाशमा विमान दुर्घटना बढ्नु र युरोपियन सेफटी एजेन्सीले नेपालका एअरलाइन्सलाई कालो सूचीमा राख्नुको कारण यहि हो । यसबाट नेपाल र नेपालको पर्यटन उद्योग बदनाम भएको छ ।’
पाइलटको गल्ति देखाएर उन्मुक्ति
यी दुवै विमान दुर्घटनाको कारण्मा विमान चालकको गल्ति देखाइएको छ । ‘पाइलटले हेभी ल्यान्डीङ गर्ने क्रममा जहाज दुर्घटना भएको’ यतिको छानविन प्रतिवेदनमा उल्लेख छ ।
ताराको छानविन प्रतिवेदनमा विमान चालकको ग्राउण्ड क्लिअरेन्स क्षमतामा कमि भएकाले दुर्घटना भएको उल्लेख छ । तर, नागरिक उड्डयन प्राधिकरणका एकजना प्राविधिकले दुर्घटनाको कारण विमान चालक नभएर विमान कम्पनीको लालचा भएको बताए । ‘कम्पनीको साख जोगाउने नाममा विमान चालकलाई बोको बनाइने गरेको छ,’ उनले भने, ‘खासमा दुर्घटनाको कारण लालचा हो ।’
उनका अनुसार बढी सामान बोक्दा बढी पैसा हुने भएकाले विमानको वेदर राडर झिक्नु दुर्घटनाको एउटा मुख्य कारण हो । ‘वेदर राडरको तौल एक सय किलो हुन्छ,’ उनले भने, ‘त्यसलाई निकालेर अतिरिक्त मुनाफा गर्न थप एक सय केजी कार्गो बेचिन्छ ।’ त्यसबाहेक हरेक उडानमा केही सय किलो कार्गो बढि गरिन्छ जसले गर्दा विमान ओभरलोड भई दुर्घटनाको संभावना बढ्छ ।
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा करिब ९ महिना अघि यससहित विमान माफियाका बारेमा उजुरी परेको थियो । तर, शक्ति केन्द्रको दवाव र प्रभावमा लेखा समितिले समेत यो विषयमा छलफल चलाएन ।
उनले इन्धन जोगाई मुनाफा वृद्धि गर्न कुनैपनि विमानले डि आइसि उपकरण नचलाउने पनि बताए । ‘बादलमा हुने वरफका टुुक्राबाट विमानलाई जोगाउन डि आइसि उपकरण अनिवार्य रुपमा चलाउनु पर्छ,’ उनले भने, ‘तर, अत्याधिक इन्धन प्रयोग हुने भएकाले हरेक विमानले यो उपकरण बन्द गर्छन्, जसले दुर्घटनाको जोखिम बढाउछ ।’ व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा करिब ९ महिना अघि यससहित विमान माफियाका बारेमा उजुरी परेको थियो । तर, शक्ति केन्द्रको दवाव र प्रभावमा लेखा समितिले समेत यो विषयमा छलफल चलाएन ।
जोखिममा यात्रुको जीवन अधिकारीहरुका अनुसार कतिपय नेपालका विमानहरु कवाडी जस्तै बनेको छ । तर, तिनै विमानहरुले यात्रु बोकीरहेका छन् । त्यस्ता विमान किन प्रयोग हुन्छ त ? ‘पैसाका लागि’ ती अधिकारी भन्छन्,‘कवाडीमा बेच्यो भने कम पैसा हुन्छ, दुर्घटनमा पर्यो भने विमाबाट धेरै पैसा आउँछ ।’ सुन्दा अप्रिय लागे पनि तथ्य यही भएको ती अधिकारीको दाबी छ ।
अधिकारीहरुका अनुसार कतिपय नेपालका विमानहरु कवाडी जस्तै बनेको छ । तर, तिनै विमानहरुले यात्रु बोकीरहेका छन् । त्यस्ता विमान किन प्रयोग हुन्छ त ? ‘पैसाका लागि’ ती अधिकारी भन्छन्,‘कवाडीमा बेच्यो भने कम पैसा हुन्छ, दुर्घटनमा पर्यो भने विमाबाट धेरै पैसा आउँछ ।’ सुन्दा अप्रिय लागे पनि तथ्य यही भएको ती अधिकारीको दाबी छ ।
नेपालमा विमान दुर्घटनाको इतिहासः
News Source - Nayapage.com