Breaking News

एक्ली विद्यार्थीका लागि जापानमा रेल चलाउने निर्णय गरेपछि फोटो बन्यो भाइरल

Feb Wed 2020 02:40:38

475 views

एक्ली विद्यार्थीका लागि जापानमा रेल चलाउने निर्णय गरेपछि फोटो बन्यो भाइरल

जापानको उत्तरी राज्य होक्काईदो प्रशासनले एकजना विद्यार्थीले मात्र प्रयोग गर्दै आएको रेल सेवालाई निरन्तरता दिएको समाचारले चर्चा पाएको छ ।

वर्षौ देखि सेवा दिईरहेको सो रेल यतिवेला आगामी मार्च महिनासम्मका लागि भने नियमित रुपमा एकजना यात्रुका लागि रोकिदै आएको हो । २०१६को मार्च २६सम्म विद्यालय जाने समय तालिका निर्धारित भएकी स्कुले वालिकाको पढाई सकिएपछि भने सेवा बन्दहुने बताईएको छ ।

हरेक दिन विहान सात वजेर ४ मिनेटमा एक पटक रोकिने रेल साझको पाँच वजेर ८ मिनेटमा दोस्रो पटक विपरित दिशामा ती स्कुले विद्यार्थीलाई ओरालेपछि रोकिदैन । दैनिक दुईपटक मात्र रेल रोकिने स्टेशनमा अन्य यात्रु भने चढदैनन ।

फोटो वन्यो भाईरल

यो समाचारको तस्वीरलाई चाईनिज स्टेट व्रोडकास्टर सीसीटिभीको फेसबुक पेजमा गत शुक्रवार प्रकाशित भएपछि यतिवेला समाचार तथा फोटो चर्चामा रहेको छ । दुई दिनमा ४० हजार भन्दा वढीले लाईक तथा करिव १५ हजारले शेयर गरेको फोटोको कथा पढेपछि सामाजिक संजाल प्रयोगकर्ताहरु समेत भावुक हुदै शेयर गर्न थालेका छन । जापानीहरुको सामाजिक संजालमा समेत यसको चर्चा चुलिएको छ । यो क्रम यतिवेला सम्म नेपाली सामाजिकसंजाल प्रयोगकर्ताहरुबाट समेत धमाधम शेयर हुन थालेको छ ।

HOkkaido News

HOkkaido1

hokkaido12

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?