Breaking News

ज्याक्शन र कम्मीसको कष्टमर मिट सम्पन्न

Feb Tue 2020 05:40:41

766 views

ज्याक्शन र कम्मीसको कष्टमर मिट सम्पन्न
  • सागर श्रेष्ठ,

काठमाण्डौ, पाल जलस्रोतको धनी देश हो । तर प्रचुर मात्रामा विजुली उत्पादन गर्न सकिरहेको छैन । यो नेपालको दुर्भाग्य हो ।  दैनिक ४ घण्टा देखी ९ घण्टा सम्म लोडसेडिङ्गको मार खेपिरहनु परेको छ । घर, उद्योग, कलकारखाना, कर्पोरेट अफिस, बैंकमा त यसको असर प्रतयक्ष परेको छ । यसको समाधानको लागि वैकल्पीक भनेकै जेनेरेटर हो । विगत लामो समय देखी नेपालको झण्डै ८० प्रतिशत बजारमा ज्याक्सन कम्पनीको जेनेरेटरले ओगटेको छ ।  नेपालमा यि कम्पनीको ७।५ केभिए देखी ३७५० केभिए सम्मको डिजेल जेनेरेटरहरु पाईन्छ । ईकोनोमिक र रिलायवल भएकोले साथै विग्रिएमा कम्पनीकै तर्फबाट सर्पोट हुने भएकोले यि कम्पनीका जेनेरेटरहरु नेपालको उद्योग, कलकारखाना, सिमेन्ट फ्याक्ट्री, होटल, हस्पिटल, बैंक आदी क्षेत्रमा प्रयोग गरिरहेको पाईन्छ । ज्याक्शन कम्पनीले आफ्नो कम्पनीको विगतका उत्पादनहरुको बारेमा र भविश्यमा लञ्च गर्न लागेका अन्य उत्पादनहरुको बारेमा जानकारी दिन काठमाण्डौस्थित होटल अन्नपूर्णमा कष्टमर मिट कार्यक्रम गरी उक्त कम्पनीका उत्पादनहरुको बारेमा जानकारी गराईएको हो । कार्यक्रममा ज्याक्शन कम्पनी लि।को डाईरेक्टर प्रभिन पाई, एक्जुकेटिभ भाईस प्रेशिडेन्ट सञ्जय मेहोत्रा, नेपाल कन्ट्रीहेड नभिन खन्ना, मार्केटिङ्ग डाइरेक्टर प्रमोद देव, विजनेस हेड सञ्जय चन्दक आदीको उपस्थित रहेको थियो । कार्यक्रममा प्रिजेन्टेशन मार्फत कष्टमरहरुलाई जानकारी गराईएको थियो साथै कष्टमरहरुको जिगयासालाई पनि समेटिएको थियो । नेपालमा यि कम्पनीको जेनेरेटरको माग बढ्नुको पछाडी समयको सदुपयोग, लगातार विक्रिएमा सर्पोट, सजिलै उपलब्ध, यसको पाटपुर्जा र आवश्यक ईन्धन सजिलै पाईने, भएकोले नै यसको माग दिन प्रतिदिन बढ्दै गएको हो । यो डिजेल जेनेरेटर विश्वकै नं। १ जेनेरेटर भएको कम्पनीको दाबी छ ।

event g

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?