Breaking News

हाकिमको कार्य कक्षमा नै मदिरा पार्टी’ मुख्य हेडलाईन समाचार भ्रम खेती मात्र : महिला हाकिम

Feb Tue 2020 05:40:17

600 views

हाकिमको कार्य कक्षमा नै मदिरा पार्टी’ मुख्य हेडलाईन समाचार भ्रम खेती मात्र : महिला हाकिम

मिसन न्युज साप्ताहिकमा प्रकाशित हाकिमको कार्य कक्षमा नै मदिरा पार्टी’ मुख्य हेडलाईन समाचारको खण्डन यस्तो

hakim कालिकोट ÷ देश र जनताको सेवामा सर्मपित राष्ट्र सेवक कर्मचारीहरुले गलत गर्दा सुध्रिन सल्लाह दिनु आम नागरीकको कर्तब्य हो तर आफ्नो स्वार्थ पुरा नभए पछि कालिकोटको एक पत्रिकाको समचार गलत र भ्रमित रहेको भन्दै महिला तथा वालबालिका कार्यालय कालिकोटले समाचारमा भ्रमित नहुन अनुरोध सहित खण्डन गरेको छ । खण्डनमा भनिएको छ, जव नयाँ कामको सुरुवाद हुन्छ वा जहा संभावना देखिन्छ त्यहा खुट्टा तान्ने, बार्गेनिङ गर्ने, धम्की दिने, अभद्र र अशिष्टता प्रदर्शन गर्ने प्रवृति कुनै नयाँ होईन यसै सिलशिलामा कालिकोटवाट प्रकासित मिसन न्युज साप्ताहिक नामक पत्रिका वर्ष १ अंक ६ मा ‘हाकीमको कार्य कक्षमा नै मदिरा पार्टी’ मुख्य हेडलाईनमा पुर्वाग्रहि रहेर २०७३ भाद्र २९ गतेको समाचारमा १ बर्ष अघिको सन्दर्भलाई जोडेर हालै घटेको घटनाको हवाला दिइएकोमा आपत्ति समेत जनाईको छ ।

सरकारी कार्यालयमा हुने प्रत्येक गतिविधिको संचारकर्मी मात्र हैन नागरीकले चासो राख्नु स्वभाविक भए पनि नभएका कुरालाई मिडियामा अतिरञ्जित गर्नु भनेको कसैको कुनै अभिष्ट पुरा नभएको झोकमा प्रतिशोध साध्नु मात्र हो । समाचारमा भएका कुनै कुरामा सत्यता देखिदैन । राज्यको चौथो अंग भनेर चिनिने संचार जगत आज कसैको पित पत्रकारीताको हतियार बनेको देख्ता त्यो भन्दा अरु दुखद कुरा के नै हुन सक्छ ? उल्टै पत्रकारलाई प्रश्न तेर्साउदै कार्यालयले खण्डन गरेको छ ।1

कार्यालय प्रमुख सिता थापाले भनेकी छन् समाचारमा सरोकारवाला पक्षको कुनै अधिकारीक धारणा लिईएको छैन, मनगणन्ते बयान शैलीमा तथानाम कुरा उल्लेख गरीएका छन् । क्षमता विकास तथा शिप विकास तालिमको पैसा बचाएको कुरा सरासर झुट हो, यद्यपी पत्रकार महोदयलाई शंका रहेमा सूचना माग्ने देखि नियमक निकाय सम्म उजुरी गर्न सक्ने उहाको अधिकार सुरक्षित हुदा हुद,ै अत्यन्तै नीच ढंगवाट हुदै नभएको कार्यालय समयमै मदिरा सेवन गरेको, पेटीका हिसावले मदिरा पसलवाट खरिद गरेको हवाला दिदै सेवाग्राही फर्केको कुरा जो कर्मचारीको चरित्र हत्याकोलागि मात्र कल्पनामा आधिारीत छन् । हैन भने कुन मान्छ,े कहिले, कहावाट, के कामले आउदा, कसरी फर्केको हो खुलाउन सक्नु पर्दथ्यो ? जो उहाले अधारभुत कुरा उल्लेख गर्नु नै भएको छैन । आजको दुनियामा खोज पत्रकारीताको लागि कर्मचारी संगै बस्नु, खाजा खानु, सरकारी कर्मचाारी हासेको देख्न नचाहनु, त्यो उहाको ब्यवसायिक प्रतिष्ठा होला यद्यपी मान्छेका प्राइभेट कुरा र समयको चियो चर्चो गर्नुको कुनै तुक देखिदैन र कर्मचारीले खाजा खानु, कुनै अनौठो विषबस्तु हैन । भ्रम फैलाउने सुनुयोजित यो कथित समाचारको खण्डन गर्न चाहन्छौ ।2

उहाका अनुसार केही समय अगाडी देखी कार्यालयका कर्मचारीलाई विभिन्न तवरले वारम्वार रकम माग गर्दै अन्यथा समाचार प्रकासनको धम्की आएको थियो । अर्को कुरा पुर्व बाल अधिकृत मोतिलाल न्यौपानेलाई हामी भन्दा पनि केन्द्रले नै हटाएको हो तर उहाको प्रतिशोधको भावना विभिन्नरुपमा व्यक्त गर्दा गर्दै आज संचार संगै आफु थप बद्नामित भएको छ । हाम्रा कर्मचारीहरु शान्ती भक्री, संगिता रिमाल (यो नामको कर्मचारी नभएको) मलिम रावल, धन वहादुर मल्ल लगायतको अनावश्यक नाम मुछि बद्नाम गराएको र मृत्यु भइसकेका मान्छेको नाम जोडेर अहिले पत्रकारीताको नाममा के गर्न खोजिएको हो ? थाहा भएन । संचारकर्मीको नाममा समाजमा अराजकता उत्पन्न गर्ने, स्रेवाग्राहीलाई भड्काउने, अनावश्यक गैरकानुनी दबाब दिने, बजेट शिर्षकमै नभएका कुरामा चन्दा, विज्ञापन मागेर हैरान पार्ने, धम्काउने, विभिन्न प्रोपोकाण्डा बनाएर आर्थिकलाभ लिन खोज्ने यस्ता पत्रकारका नामबाट सेवा प्रवाहमा आतंकित पार्ने चरित्रवाट आजित तमाम निकायलाई न्याय दिलाउन र दोषिलाई, पत्रकार आचासंहिता २०६० (शंशोधित तथा परिमार्जित २०६४ ) को दफा ४ को उप दफा १०,११ र १४ को विपरीत कार्य गरेकाले सो अन्र्तगत सम्वन्धित निकाय समक्ष कडा भन्दा कार्यवाहीको जोडदार माग गर्दै चित्त बझेका कुरामा चरित्र हत्या भन्दा पनि कानुनी बाटो अगाल्न सुझाव सहित दिई संवन्धित पत्रिकालाई खण्डन छाप्न दिदा पनि नछापेकोले उहाले आरोप लगाउनु भएको छ भने पत्रिकाले समाचारको खण्डन उपयुक्त नभएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?