Breaking News

सचेत रहौं !सामाजिक संजालमार्फत यसरी ठगिन्छन् नेपाली महिलाहरु

Feb Tue 2020 05:40:39

703 views

सचेत रहौं !सामाजिक संजालमार्फत यसरी ठगिन्छन् नेपाली महिलाहरु
फागुन २४, २०७४ काठमाडौं / केही दिनअघि पर्वत उदा- ५ की पवी क्षेत्रीले आफूलाई ब्राइन बताउने बेलायती युवासँगको फेसबुक साथीकै कारण ५१ लाख रुपैयाँ गुमाउनुपर्‍यो। दुई महिनाअघि फेसबुकमार्फत उनीहरू साथी बनेका थिए। साथी बनेसँगै उनीहरूबीच च्याटमार्फत कुराकानी हुन थाल्यो र चाँडै नजिकिए पनि। त्यसको केही समयमै ब्राइनले आफू बेलायतको धनाढ्य भएको र ४० हजार पाउन्ड पवीलाई दिने आश्वासन दिए। ब्राइनको आश्वासनले पवी मख्ख परिन्। ब्राइनले आश्वासन दिएको केही दिनपछि एउटा कुरियरको फोटो र त्यसको नम्बर पनि म्यासेन्जरमा पवीलाई पठाए। ठूलो रकम बैंकमार्फत् पठाउँदा झन्झट हुने भएकाले आफूले कुरियर गरेर पठाइदिएको ब्राइनको भनाइ थियो। ब्राइनले उक्त सन्देश पठाएको एक सातापछि पवीलाई भारतीय नम्बरबाट फोन आयो- ‘तपाईंको सामान भारत आइपुगेको छ। यसलाई नेपाल पठाउन भन्सार तिर्नुपर्छ’ भनेर। पविले सोधिन्- ‘भन्सार तिर्ने पैसा कसलाई र कति दिने?’ उताबाट जवाफ आयो- ‘एक जना हाम्रो एजेन्ट छ, उसैलाई नेपालमै दिनु, उसले हामीलाई पठाउँछ।’ ४० हजार पाउण्ड पाउने आशमा पवीले पटक पटक गरी ५१ लाख रुपैयाँ गुमाइन् तर उपहार पाइनन्। Image result for fraud lottery message in facebook nepal आफू ठगिएको निष्कर्षमा पुगेपछि पवी र लक्ष्मी उजुरी बोकेर गत साता महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगे। पवीमार्फत लक्ष्मीले समेत उपहार पाउनका लागि पैसा दिएकी थिइन्। उनीहरूको पैसा हुन्डीमार्फत भारत पठाइदिने जयराम कार्की र कृष्णगोपाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। त्यस्तै, काठमाडौं कीर्तिपुर नगरपालिका- ४ गौरीगाउँ बस्ने पहलसिंह खड्काले सीता खड्काको नामबाट फेसबुक खोलेका थिए। २०७४ कार्तिकमा अष्ट्रेलियाली नागरिक डानल हेन्जाले फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाए। खड्का र हेन्जाको च्याटमार्फत कुरा हुँदै गयो। केही दिनपछि हेन्जाले ‘तिमीलाई सुन र डलरलगायतका केही पउपहार पठाएको छु भने। Image result for fraud lottery message in facebook nepal यता, खड्का उपहार पाउने आशमा खुसी थिइन्। त्यसको तीन दिनपछि भारतीय नम्बरबाट फोन आयो- तपाईंको सामान दिल्ली एयरपोर्टमा पुगेको छ, नेपाल पठाउन पैसा चाहिन्छ।’ उनले सोधिन्- ‘कति पैसा कसलाई दिने?’ उताबाट उत्तर आयो- ‘७५ हजार भारतीय रुपैयाँ लाग्छ, नेपालमा हाम्रा साथीहरू छन्, त्यहीँ दिँदा हुन्छ।’ खड्काले उपहार पाउने आशमा विभिन्न व्यक्तिको बैंक खातामा गरी छ लाख ९२ हजार नेपाली रुपैयाँ जम्मा गरिदिए तर उपहार आएन। अनि मात्र आफू ठगिएको निष्कर्षसहित अनुजा घले, कृष्टिना गुरुङ, सपना ढुंगाना र रीता उप्रेतीका नाममा महानगरीय प्रहरी परिसर टेकुमा पुगेर जाहेरी दिए। उनीहरू हाल फरार छन्। त्यस्तै, २०७४ जेठ २८ मा काठमाडौं नागार्जुन नगरपालिका- ५ की सुजाता केसी पौडेललाई धादिङ नगरपालिका- ७ का पुरन घर्ती मगर र मकवानपुर हेटौँडा नगरपालिका- ६ का रवि थोकर ललितपुर महानगरपालिका धोबिघाटका दिनेश बस्नेतले बैंक अफ अमेरिकाको दिल्ली ब्रान्चमा आफूहरूलाई १.७ मिलियन डलर पठाएको छ भनेर फेसबुकमा भएका झूटा कुराकानी देखाएर भारतीय नियमअनुसार कर तिर्नुपर्छ भनेर ५५ लाख ८५ हजार रुपैयाँ ठगी गरे। उनीहरू हाल ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। प्रहरीका अनुसार ठगी गर्ने गिरोहले विदेशीहरूको नाम राखी फेसबुक खोली विभिन्न व्यक्तिहरू, विशेषगरी महिलाहरूलाई समाजिक संजाल प्रयोग गरी सम्पर्क बढाउने र प्रलोभन देखाएर ठगी धन्दा चलाउने गरेका हुन्। कतिपय विदेशीले भने सामाजिक संजालमै नेपाली महिलाहरूसँग नजिकको मित्रता कायम गरी विवाहसमेत गर्ने आश्वासन दिई उनीहरूको आर्थिक हैसियत बुझ्ने र मोवाइल, ल्यापटप, गरगहना तथा केही डलर पठाइदिएको भनी सामान ड्राफ्ट गरिएको ट्याग नम्बरसमेत पीडितहरूको मेसेन्जर तथा भाइवरमा पठाई ठगी गर्ने गरेको अपराध महाशाखा टेकुका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीको भनाइ छ। Related image ‘ठगहरूले सामान पठाएको भनिएको केही दिनपछि तपाईंलाई पठाएको सामान भारतको एयरपोर्ट भन्सारमा रोकिएको छ, कर तिरेपछि तत्काल नेपाल पुग्ने भनेर रकम पठाउन लगाई ठग्ने गरेका छन्’, उनले भने। यसरी ठगी भएको रकम नेपालीहरूलाई झुक्याई प्रलोभनसमेत दिई नेपालमा हुण्डी कारोवार गर्ने व्यक्तिहरूमार्फत भारत र अन्य मुलुक जाने गरेको प्रहरीको भनाइ छ। अपराध महाशाखाको पछिल्लो तथांकअनुसार २०७३/०७४ मा फेसबुकमा ठगिनेहरूको संख्या पाँच र चिठ्ठामा एक जना ठगिएका थिए भने चालु आर्थिक वर्ष २०७४/०७५ को माघ महिनासम्म फेसबुकबाट २२ र चिठ्ठाबाट ३८ जना ठगिएको उजुरी परेका छन्। आर्थिक वर्ष २०७३/०७४ मा फेसबुकमार्फत ठगी गर्नेबाट पाँच लाख रुपैयाँ विगो रकम असुल भएको र ११ जना कारवाहीमा परेका छन्। त्यस्तै, चालु आर्थिक वर्षमा नौ जना पक्राउ परेका छन् भने एक करोड १९ लाख ८१ हजार ८८० रुपैयाँ विगो रकम असुल भएको र पीडितको रकमसमेत बुझाइएको प्रवक्ता उप्रेतीले जानकारी दिए।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?