Breaking News

राष्ट्रिय वाणिज्य बैंकमा १९५ जनालाई जागिरो अवसर

Feb Tue 2020 05:40:54

362 views

राष्ट्रिय वाणिज्य बैंकमा १९५ जनालाई जागिरो अवसर

काठमाडौं । पूर्णसरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा १९५ जनालाई जागिर खुलेको छ । लोकसेवा आयोगका प्रतिनिधि सम्मिलित समितिले परिक्षा लिने भएकाले पूर्णप्रतिस्पर्धाका आधारमा बैंकले नयाँ कर्मचारीको छनोट गर्नेछ । लिखित परिक्षा र अन्तवार्ताबाट उम्मेद्धवारहरुको छनोट गरिने छ ।

बैंकले महिला आवेदनका लागि ३५ वर्ष ननाघेका महिलाले आवेदन दिनसक्ने गरी विज्ञापन खुलाएको थियो । तर, ४० वर्षसम्मका महिलाले आवेदन दिन पाउनुपर्ने भन्दै अदालतमा मुद्दा परेपछि प्रक्रिया रोकिएको थियो ।

कुन तहमा कति ? बैंकले ३ तहमा ७३ जना, ५ तहमा ४१ जना, ६ तहमा ७५ जना, ७ तहमा पाँच जना र ८ तहमा एक जना कर्मचारी मागेको छ । तर, नयाँ कर्मचारीले विराटनगर, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी क्षेत्रीय कार्यालय अन्तरगर्तका शाखामा काम गर्नुपर्ने छ ।

कति चाहिन्छ योग्यता ? छैटौं तहमा आवेदन दिन व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर गरेको हुनुपर्ने छ भने तीन तहमा आवेदन दिन १२ कक्षा पास गरेको हुनुपर्छ । त्यस्तै पाँचौ तहमा आवेदन दिन स्नातक पास गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

तीन वर्षमा साढे ११ सय कर्मचारी थप्दै पुराना कर्मचारीले अवकास पाएपछि नयाँ कर्मचार थप्न बैंकले ३ देखि ८ तहसम्मका लागि कर्मचारी भर्ना गर्न लागेको हो । आगामी ३ वर्षभित्र साढे ११ सयको हाराहारीमा कर्मचारीहरुले अवकास पाउने छन् । अवकास पाएको कर्मचारीको पदपूर्तिका लागि बैंकलाई ठूलो जनशक्ति आवश्यक परेको हो ।

सूचना हेर्नुस्rbb-notice

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?