Breaking News

मधेसी कार्यकर्ताले यसरी जलाए प्रहरी बिट र एसपीको गाडी, फायर नखुलेको भए हामीलाई भित्रै जलाउँथे (फोटो फिचर सहित)

Feb Tue 2020 05:40:38

421 views

मधेसी कार्यकर्ताले यसरी जलाए प्रहरी बिट र एसपीको गाडी, फायर नखुलेको भए  हामीलाई  भित्रै जलाउँथे (फोटो फिचर सहित)

राजविराज-शनिबार राती सप्तरीमा भएको झडपमा २ अान्दोलनकारीको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। अान्दोलनकारीले जिल्ला प्रहरी प्रमुख एसपी भिम ढकालको ना १ झ १३१६ गाडीमा आगजनि गरेका छन्। राजविराजको रुपनी मोड स्थित प्रहरी विटमा पनि अान्दोलनकारीले आगजनी गरेका छन्। राजविराज–छिन्नमस्ता सडक छेउमा रहेको सशस्त्र प्रहरीको विटमा पनि अाक्रोशित अान्दोलनकारीले आगजनी गरेका छन्।

प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरको अध्यक्षतामा बसेको बैठकपछि जारी विज्ञप्ती अनुसार भारदह, रुपनी तथा विसनपुर चौकमा सयौको संख्यामा आन्दोलनकारीहरुले इलाका प्रहरी कार्यालय तथा ड्युटिमा रहेका सुरक्षाकर्मीहरु उपर चौतर्फी आक्रमण गरेपछि स्थिती असामान्य भएको जनाईएको छ। भारदह तथा रुपनीमा आन्दोलनकारीहरुको तर्फवाट गोली तथा पेट्रोल वम समेत प्रहार गरीएको विज्ञप्तीमा उल्लेख्य छ।

हेर्नुस् फोटोहरूः

सप्तरीमा यसरी जल्यो प्रहरी बिट र एसपीको गाडी (फोटो फिचर)1133456सबै तस्विरः जितेन्द्र झा

प्रहरीको 'फायर नखुलेको भए  हामीलाई  एम्बुलेन्स भित्रै जलाउँथे'

'फायर नखुलेको भए एम्बुलेन्समै जलाउँथे'

विराटनगर/इटहरी- संखुवासभाका सारध्वज तामाङको अवस्था गम्भीर बन्दै थियो। विराटनगरस्थित गोल्डेन अस्पताल ल्याइएका उनलाई त्यहाँ थप उपचार हुन नसक्ने भन्दै चिकित्सकले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइदिए।

मधेसी मोर्चाको आन्दोलनले सडक असुरक्षित भए पनि विराटनगरबाट धरान जान एम्बुलेन्स चालक आनन्द विक तयार भए। तामाङको अवस्था निकै गम्भीर थियो। विराटनगरकै सिटी अस्पतालको को.१च ४६१५ नम्बर एम्बुलेन्समा तामाङलाई लिएर उनीले यात्रा सुरु गरे।

कोसी राजमार्गमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। सुनसरी, दुहबीमा मधेसी मोर्चाका कार्यकर्ता र १ नम्बर प्रदेश अखण्ड हुनुपर्ने पक्षका नागरिक समाज दुवैले प्रदर्शन गरिरहेका थिए। विराटनगरबाट करिब १४ किलोमिटर टाढा सुनसरीको दुहबीनजिक पुगेपछि सडकमा बाक्लो भिड देखियो। एम्बुलेन्सभित्र सिकिस्त बिरामी भएकाले प्रदर्शनकारीले निर्वाध जान दिन्छन् भन्नेमा विक ढुक्क थिए।

भिडछेउ पुगेपछि उनले गाडीको गति घटाए। दिउँसोको ३ बज्दै थियो। सडकछेउ सुरक्षाकर्मी पनि थिए। एम्बुलेन्सनजिकै आएको देखेर मोर्चा कार्यकर्ताले पछाडि सार्न इशारा गरे। विक एम्बुलेन्स पछाडि सारेर साइड लगाउँदै थिए, मोर्चा कार्यकर्ताले एक्कासि ढुंगा बर्साउन थाले।

'एम्बुलेन्समा सिकिस्त बिरामी छन्, केही नगर भनिरहेँ, तर उनीहरूले डङडङ हानिरहे,' विराटनगरस्थित सिटी अस्पतालमा उपचार गराईरहेका चालक विकले भने। अस्पतालका चिकित्सक शीतल यादवका अनुसार विकको आँखामा अढाई इन्च गहिरो चोट छ भने टाउकोमा पनि केही असर देखिएको छ।

'ढुंगाले लागेपछि एकछिन रन्थनिएँ,' उनले भने, 'के गर्ने भन्ने होसै भएन, उनीहरुले एकोहोरो ढुंगा र रड बर्साइरहे। पछाडिपट्टि बिरामीका आफन्त रोइरहेका थिए। भिडबाट कसैले 'यसलाई आगो लगाउ"्क' भनेको आवाज विकको कानमा पर्योब। त्यति बेलासम्म एम्बुलेन्सका सिसा फुटिसकेका थिए।

एम्बुलेन्समाथि एकोहोरो प्रहार हुन थालेपछि सडक किनारमा रहेका प्रहरीले फायर खोले। त्यसपछि मात्र मोर्चा कार्यकर्ता तितरबितर भए। चालक विकले भने, 'प्रहरीले समयमै फायर नखोलेको भए हामीलाई एम्बुलेन्सभित्रै जलाइदिन्थे।' सञ्चारकर्मीस"ग उनले गरेको कुराकानी सुनिरहेकी पत्नी गीता शऒ्ढयाछेउ उभिएर रोइरहेकी थिइन्। विराटनगर–११ बस्ने उनका तीन छोरी र एक छोरा छन्। विकलाई प्रहरीकै गाडीमा उपचार गर्न लगिएको र तामाङलाई अर्को एम्बुलेन्समार्फत उपचार गर्न धरान पठाइएको सुनसरीका प्रहरीप्रमुख एसपी सञ्जयराज शर्माले जानकारी दिए। विराटनगरको सिटी हस्पिटलमा उपचाररत विकले भने, 'हिजो अर्को साथीको एम्बुलेन्स फोर्दा न्याय माग्न प्रशासन गएको थिए", आज मेरै यो हालत बनाइदिए।'

आन्दोलन गर्नेहरूले मानवीय संवेदनासमेत गुमाउँदा समस्या भएको विकको भनाइ छ। उनले भने, 'गम्भीर अवस्थाको बिरामी बोकेको एम्बुलेन्समाथि आक्रमण गर्ने मोर्चा कार्यकर्तास"ग मानवता नै रहेनछ।'

एम्बुलेन्स चालकले सुरक्षा ग्यारेन्टी नभए आइतबारदेखि एम्बुलेन्स सेवा ठप्प पार्ने जनाएका छन्। एम्बुलेन्स चालक सन्तोष सेनले बिरामी बोकेको एम्बुलेन्समाथिको आक्रमण बर्बरताको पराकाष्ठा भएकाले प्रशासनले सुरक्षा दिए मात्रै एमबुलेन्स चलाउने बताए। उनले शनिबार भने, 'एम्बुलेन्स चालक संघस"ग कुरा गरेर भोलि निर्णय गर्छौं।'

मोरङ ट्याक्सी व्यवसायी संघ अध्यक्ष किरण खड्काले मोर्चाले एम्बुलेन्स चलाउन दिँदैनौं भनेर घोषणा गर्नुपर्ने, नभए तोडफोड गर्न नपाइने बताए। एम्बुलेन्स सेवा ठप्प भए त्यसको जिम्मेवारी आन्दोलनरत मोर्चा र सरकारले लिनुपर्ने उनको भनाइ छ।

पूर्वका झापा, मोरङ र सुनसरीलाई टुक््रयाएर २ नम्बर प्रदेशमा गाभ्ने षड्यन्त्र भएको भन्दै सुनसरीको दुहबीमा शनिबारदेखि नै नागरिक समाजले आन्दोलन थालेको छ। त्यसलाई रोक्न मोर्चा कार्यकर्ताले प्रहरीलाई दबाब दिएका थिए। तर, प्रहरीले 'कसैको आन्दोलन रोक्न नसक्ने' बताएपछि उनीहरूले मोटरसाइकलमा सवार दुई जनामाथि आक्रमण प्रयास गरेका थिए। उनीहरूले महिला प्रहरी हवल्दार दुर्गा श्रेष्ठमाथिसमेत हातपात गरेका थिए।

घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रञ्जित गोस्वामी र कार्यकर्ता मुन्ना साह छन्। त्यसलगत्तै मोर्चा कार्यकर्ताले एम्बुलेन्स तोडफोड गरेको प्रहरीले जनायो। भिड तितरबितर पार्न छ राउन्ड हवाई फायर गरिएको दुहबी इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर शिव पोखरेलले बताए। शुक्रबार पनि मोरङ, कटहरीमा मोर्चा कार्यकर्ताले रंगेली बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित को१च ७३७९ नम्बर एम्बुलेन्समा आक्रमण गरेका थिए। News Source :Nagariknews.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?