Breaking News

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

Feb Wed 2020 02:40:34

1062 views

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह
नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन स्पेशमा ‘नेपाल पिक्यु वान’ तयार भएको हो। यो सानो भू-उपग्रह ५ सेन्टिमिटर लामो, पाँच सेन्टिमिटर अग्लो र पाँच सेन्टि मिटर चौडा छ। २ सय ५० ग्राम तौलको पिको भूउपग्रह खल्तीमा राखेर हिँड्न मिल्नेछ। ‘हामीले तयार पारेको योजनाअनुसार जाने हो भने २०२० को मध्यसम्ममा पिको स्याटलाइट अन्तरीक्षमा पुग्नेछ,’ ओराइन स्पेशका रिसर्च एन्ड डेभलोप्मेन्ट इन्जिनियर सौरभ पौ डेल भन्छन्, ‘अहिलेसम्म इन्जिनियरिङतर्फका ७५ प्रतिशत काम सम्पन्न भएको छ। थापा र पौडेल काठमाडौं विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनिरिङमा स्नातक हुन्। अभिनव मैनाली, रुकेश प्रजापति र राजेश धुसुले ख्वप ईन्जिनियरिङ्बाट इलेक्ट्रोनिक्स ईन्जिनियरिङ् गरेका हुन् । ‘यसमा इलोक्ट्रि कल इन्जिनियरिङको पनि पावर र कम्युनिकेसन विषय अध्ययन गर्ने बढी छौं’, थापा भन्छन्।नेपालमा भूउपग्रह निर्माण गर्न स्विट्जरल्यान्डका भू–उपग्रह र अन्तरिक्ष प्रविधिसम्बन्धी कम्पनीमा काम गर्ने नेपाली राकेश प्रजापतिले ओराइन स्पेस स्थापना गरेका हुन्।प्रजा पतिकै नेतृत्वमा नेपालमा विद्यार्थीहरुले काम गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?