Breaking News

डिजिटल नेपालका लागि गृहकार्य अगाडी बढाइदै, सल्लाह सुझाव संकलन शुरु

Feb Wed 2020 02:40:33

854 views

डिजिटल नेपालका लागि गृहकार्य अगाडी बढाइदै, सल्लाह सुझाव संकलन शुरु
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल निमार्णका लागि सरोकारवालहरुसँग अन्तर्क्रिया गरी औपचारिक रुपमा डिजिटल नेपाल फ्रेमवर्क सुरु भएको घोषणा गरेको छ । त्यसका लागि सार्वजनिक रुपमा सुझाव माग गरिएको छ । डिजिटल नेपालको योजना पूरा गर्ने आधार, गुणस्तरीय सेवाका लागि गर्नुपर्ने काम, अगाडि बढ्न सकिने योजना, प्राथमिकताका विषयहरु के कस्ता हुन सक्छन् भनेर सार्वजनिक रुपमै सुझाव माग गरिएको हो । मन्त्रालयले आगामी शुक्रबारसम्म मन्त्रालयको वेवसाइटमा गएर वा मन्त्रालयमै पुगेर सुझाव दिन सकिने व्यवस्था मिलाइएको जनाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले प्रविधिका कारण नेपालमा अब कुनै प्रकारका उद्योग नडुब्ने दाबी गरेका छन् । डिजिटल नेपाल निमार्णबारे सरोकारवालाहरुसँग सुझाव संकलनका लागि मन्त्रालयमै आयोजित अन्तक्रिर्या कार्यक्रममा उनले सरकार प्रविधिको विकास गरेरै समृद्ध नेपाल निमार्ण गर्न सकिन्छ भन्नेमा विश्वस्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?