Breaking News

डिम्याटमा गएकै दिन नेप्से परिसुचक यसरी बढ्यो

Feb Tue 2020 05:40:19

243 views

डिम्याटमा गएकै दिन नेप्से परिसुचक यसरी बढ्यो

नेपाल स्टक एक्स्चेञ्जमा आवद्ध कम्पनीहरुको शेयर कारोबारमापक नेप्से बढेर आज नयाँ रेकर्ड कायम गरेको छ । नेप्से एकै दिन २१ दशमलव ८४ अंकले बढेर १ हजार २ सय १२ अंकमा पुगेको हो । पूर्ण कम्यूटरकृत प्रणाली डिम्याटमा गएकै दिन नेप्सेले नयाँ उचाई कायम गरेको हो । गत असोजमा नेप्से परिसुचक १ हजार २ सय ५ दशमलव ८४ अंकमा पुगेर पुनस् ओरालो लागेको थियो । जलविद्युत वाहेक सबै समुहका उपसुचक आज बढेका छन् । सबैभन्दा बढी बिमा समुहको उपसुचक १ सय २७ दशमलव ९८ अंकले बढेको छ । आज कुल ८९ कम्पनीको २ हजार ५ सय ६९ कारोबारबाट ५४ करोड ८१ लाख १६ हजार ७ सय ६० रुपैयाँ बराबरका ८ लाख २५ हजार ९ सय ५४ कित्ता शेयर खरिदविक्रि भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?