Breaking News

पूर्णावतार श्री कृष्ण - महादेवको ब्रह्महत्याले निम्त्याएको भगवान विष्णुको अवतार

Feb Tue 2020 05:40:29

616 views

पूर्णावतार श्री कृष्ण - महादेवको ब्रह्महत्याले निम्त्याएको भगवान विष्णुको अवतार
  •  कृष्ण बहादुर राज भण्डारी
raj bhandari
ब्रह्महत्याले लखेटिदै गरेका महादेवलाई बचाउन र पृथ्वीमा भार परेको पाप हटाउन विष्णु भगवानले धारण गरेको पूर्णअवतार नै श्रीकृष्ण अवतार भएको पुराणहरुमा स्पष्ट वर्णन गरिएको छ ।

कृष्ण बन्दे जगतगुरु

shree krisn यस ब्रम्हाण्ड संसार सृष्टि भएको अहिले बिक्रम सम्वत २०७२ सालमा १,९५,५८,८५११६ वर्ष हुँदासम्म बैशाख शुक्ल पञ्चमीमा जन्म हुने भारत वर्षको सुदुर दक्षिण दिशा देखि नेपालको गौरवमय हिन्दू धर्मावलम्वीहरुको आराध्यदेव श्री पशुपतिनाथको दर्शन गरेपछि मात्र धार्मिक चर्चा गनृ मौका पाउनु भएका शंकराचार्यलाई तथा उनै पशुपतिनाथकै परमात्मिक शिष्य बन्न छौडौं सहस्त्राब्दीको सुरुवात तिर (५११६ वर्ष अगावै) उत्तर भारतका द्धारिका शहरबाट दर्शन गर्न आउनुहुने श्री कृष्णलाई मात्र कृष्ण बन्दे जगतगुरु मानि सम्बोधन गरेको पाइएको भन्ने मान्यता रही आएको ।

श्री कृष्णको जन्म

skrishna

पञ्च शीर भएका ब्रह्माजीले सृष्टि कर्ता म नै हुँ भनी अहंकारले घमण्ड देखाई जुन मुखले निन्दा गरेको छ, देवाददि महादेव अत्यन्त रिसाउनु भई त्रिशुलबाट ब्रह्माको सोही मुख भएको शरीर छेदन गरिदिनुहुनासाथ उत्पन्न ब्रह्महत्याले लखेट्दै लगिदा ब्रह्माहत्या राक्षसादि प्रवेश निषेध क्षेत्र काशी (हाल भारत) मा महादेव भित्र पस्नु भयो, ब्रह्माहत्या जान नपाएकोले ढोका बाहिर नै पर्खिरहे । महादेव बिना ब्रह्माण्डहरुको गति नै अवरोध हुन थालेपछि चर्तुभुज विष्णु भगवानले सोही स्थानमा आउनु भई महादेवको विकल्पमा ब्रह्महत्याले मागे बमोजिम द्धापरयुगान्त्यमा कृष्णावथ्तार लिई अठा¥ह अक्षनौ मनुष्य लगायतका आलो अर्थात तातो–जिउँदो रगत खुवाउने वचनबद्ध हुनु भई महादेवजीलाई छुटाएर लग्नुभयो । सोही वचनबद्धता पूरा गर्नुहुन र पृथ्वीको भार परेको पाप हटाई धर्म स्थापना गर्न नै भगवान् विष्णुले पूर्णतवरले अवतार धारण गर्नु भई मानव रुपमा कृष्ण हुनु भई जन्म लिन आउनु भएको मुख्य आधार रहेको सम्बन्धित पुराणहरुमा स्पष्ट रुपले वर्णन गरिएको छ ।

bishnu अहिलेसम्ममा नै ऐश्वर्ययुक्त राजा नहुषको छोरा प्रतापी राजा ययातीका जेठो छोरा यदुका वंश अर्थात यदुवंशमा पुस्तौ पछिका सन्तान शूर (सेन) का देव भाग लगायत दश छोराहरुमध्ये वसुदेव जन्म हुदा देवताहरुको नगरा–ढोल आदि बजाएको हुनाले यिनको नाममा दोस्रो नाम आनक दुन्दुभी पनि रहन गएको थियो र पृथ्वा (कुन्ती) समेत पाँच छोरी थिइन् । आफ्ना साथी कुन्ती भोज निसन्तान भएकोले आफ्नी छोरी कुन्तीलाई हुने गरिदिए । पछि पञ्चपाण्डवका बाबु पाण्डु राजासँग विवाह भएको थियो । उनै प्रतापी राजा ययातीका पुस्तौं पछिका सन्तानअनुनुम्भवहरु गन्र्धवका साथी (मित्र) अनुका पाँचौं पुस्ताका सन्तान आहुकका छोरा देवफको देवकी लगायत सात छोरी वसुदेवसँग विवाह गरि दिएको आहुकका कान्छा छोरा उग्रसेनको (छद्मभेषी राक्षसको तर्फबाट उत्पन्न सन्तानलाई आफ्नै छोरा मानिएको) कंश लगायत नौ छोरा कंशावती समेत पाँच छोरीहरु वसुदेवको भाई देवभाग इत्यादिसँग विवाह भएको वर्णन गरिएको छ ।

shree kk विवाह बिदाई सिलसिलामा देवकीको आठौं सन्तानले मार्नेछ भन्ने आकाशवाणी सुनेर वन्दी तुल्याएकी बहिनी देवकी र ज्वाँई वसुदेवको छौंटौं सम्मका सन्तान जन्म भएको थाहा पाउन साथ (आठौंलाई उल्टोबाट गणना गर्दा पहिलो पनि आठौं हुन जाने आठौं कुन चाहिं हो ठेगान छैन भनी भ्रममा परि) राजा उग्रसेनलाई पनि जबरर्दस्ती वन्दी गरी स्वघोषित राजा कंशले आफ्ना भान्जाहरुलाई वलातरुपले निर्ममतापूर्वक मार्ने गथ्र्यो । १ पेज क्रमश :२ पेज अर्को अंकमा ...... (प्रस्तुतकर्ता : कृष्ण बहादुर राज भण्डारी, ६९ चित्तधर मार्ग, भोटाहिटी काठमाडौं ३० हाल धारापाटी मार्ग २८ काठमाडौं ३)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?