Breaking News

माइक्रो, सुपर कम्प्युटर, रोवटर्, टेलिमेडिसिन र कम्प्युटर प्लान्टको आधारभुत जानकारी हाइटेक पायोनियरबाट लिदै बिद्यार्थीहरु

Feb Tue 2020 05:40:29

203 views

माइक्रो, सुपर कम्प्युटर, रोवटर्, टेलिमेडिसिन र कम्प्युटर प्लान्टको आधारभुत जानकारी  हाइटेक पायोनियरबाट लिदै बिद्यार्थीहरु

आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिम अन्तर्गत  चैत्र १९ गते शुक्रबार बिद्यार्थीहरुलाई मुनि शाक्यको इनोभेसन सेन्टर हाइटेक पायोनियरमा भिजिट गराइयो । तालिम कार्यक्रम जिल्ला खेलकुद विकास समिति, युवा सूचना केन्द्र काठमाडौंको र आइसिटी पत्रकार विकास मञ्च शाखा काठमाडौंको सहकार्यमा सञ्चालन भएको हो । चैत्र १९ गतेको फिल्ड भिजिटसँगै मुनि शाक्यले कम्प्युटरको इतिहास बारेमा ३५ जना बिद्यार्थीहरुलाई जानकारी गराउनुभयो । प्रविधिमा हामी नेपाली अगाडी भए पनि त्यसलाई प्रयोगमा ल्याउन नक्दा पछाडी परेको शाक्यल आफ्नो अनुभूति पोखेका थिए । माइक्रो, सुपर कम्प्युटर, देवनागरी लिपि आवद्ध कम्प्युटर सेन्सर प्रविधि, रोवर्ट लगायतका सयौं प्रविधिको विकास गरेका शाक्यको प्रविधि क्षमता देखेर बिद्यार्थीहरु छक्क परे । यति धेरै प्रविधिका विकास गरेका व्यक्ति किन राज्यको नजरमा पछि पारिएको होला भन्दै बिद्यार्थीहरुले प्रतिप्रश्न समेत गरेका थिए ।

मुनि शाक्यको इनोेभेसन सेन्टर हाइटेक पायोनियरमा ाइक्रो, सुपर कम्प्युटर, रोवटर्, सेन्सर, टेलिमेडिसिन र कम्प्युटर प्लान्टको आधारभुत जानकारी लिने फिल्ड भिजिट कार्यक्रममा जिल्ला खेलकुद विकास समिति, युवा सूचना केन्द्र काठमाडौंका प्रमुख लिलाराम बस्नेत, सदस्य राधिका अधिकारी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्ण बहादुर कार्की, राष्टिय प्रेस क्लव नेपालका अध्यक्ष रामकृष्ण कर्माचार्य, म्यानका संस्थापक अध्यक्ष तथा मोबाइल व्यवसायी एवं विज्ञ अम्बिका प्रसाद ढकाल, आइसिटी पत्रकार विकास मञ्चका अध्यक्ष भरतराज उप्रेती, राष्टिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना, आइसिटीका संस्थापक सदस्य एवं कम्प्युटर प्रशिक्षक तिलक बिक्रम भण्डारीको उपस्थिती रहेको थियो ।IMG_6405IMG_6411IMG_6422IMG_6426IMG_6447IMG_6450IMG_6461IMG_6469IMG_6473IMG_6480IMG_6488IMG_6491IMG_6497IMG_6501IMG_6511IMG_6512IMG_6516IMG_6517IMG_6522IMG_6533IMG_6542IMG_6543

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?