फ्रान्सको राजधानी पेरिसमा भएको गोली प्रहार र विस्फोटमा परी कम्तिमा एक सयको मत्यु भएको छ । घटना लगतै फ्रास्सले राष्ट्रिय आपतकालको घोषणा गरेको छ । सबै सीमाहरु बन्द गरिएको छ भने मानिसहरुलाई घर बाहिर ननिस्कन भनिएको छ ।
पुलिसका अनुसार मध्य पेरिसको बालिक्यान कनसर्ट हलमा मात्र १०० भन्दा बढीको मृत्यु भएको छ । पेरिसको नेशनल स्टेडियम बाहिर पनि विस्फोट भएको छ ।
विस्फोट आत्मघाती हुनसक्ने अनुमान गरिएको छ । विस्फोटको समयमा भित्र स्टेडियमा फ्रान्स र जर्मनीबीच मैत्रिपूर्ण फुटबल भइरहेको थियो ।
खेल हेर्न फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्ड पनि रंगशालामा पुगेका थिए । विस्फोटपछि सुरक्षाकर्मीले उनलाई सुरक्षित रुपमा बाहिर लगेको छ ।
आक्रमणको यो घटना पेरिसको स्थानीय समय अनुसार रातको करिव नौ बजे भएको थियो ।