Breaking News

जानीराखौ एक किलो दाउराबाट दुई किलो कार्बन उत्सर्जन हुने

Feb Tue 2020 05:40:27

413 views

जानीराखौ एक किलो दाउराबाट दुई किलो कार्बन उत्सर्जन हुने

दुई सातापछि फ्रान्सको राजधानी पेरिसमा कसरी हरित गृह ग्यास उत्सर्जन म गरेर विश्व तापक्रम नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा चर्को बहस हुँदैछ ।  नागरिक दैनिकमा खबर छ ।

यो बहसमा शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति बाराक ओवामासहित ६० भनद्या बढी देशका सरकार र राष्ट्रप्रमुख उपस्थित हुनेछन् । त्यसमा नेपाले पनि भाग लिदैँछ । विडम्बना बन जोगाएर वातावरणमैत्री मुलुकका रुपमा विश्वमा परिचित नेपाल भने नागरिकलाई हरितगृह ग्यास बढी उत्सर्जन गर्ने दाउरा बाँडिरहेको छ ।

भारतले गरेको नाकाबन्दीका कारण इन्धन अभाव भएपछि विकल्पका रुपमा सरकारले आइतबार राजधानीमा दाउरा बाँड्न सुरु गरेको हो ।

विज्ञहरुका अनुसार दाउरा बाल्दा हरितगृह ग्यास अन्तर्गतको मुख्य तत्व कार्वन डाइअक्साइड र कार्बन मोनोअक्साइड निस्किन्छ । विश्व वन्यजन्तु कोषका उपनिर्देशक युगान मानन्धरका अनुसार एक किलो दाउरा बाल्दा एक वषएमा दुई किलो कार्बनडाइअक्साइड निस्किन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?