Breaking News

पूर्व सभासद् एवम् एमाले नेतृ शान्ता चौधरी कक्षा ८ को परीक्षा दिँदै

Feb Tue 2020 05:40:53

277 views

पूर्व सभासद् एवम् एमाले नेतृ शान्ता चौधरी कक्षा ८ को परीक्षा दिँदै

तस्वीर: देविका घर्ती मगर दाङको डाडागाउँ उच्च मावि, गोग्लीमा अध्ययनरत चौधरी कक्षा ८ को जिल्लास्तरीय परीक्षामा सहभागी भएकी हुन् ।

गत वर्ष क्यान्सर रोगको उपचारबाट तंग्रिएकी चौधरी १८ वर्ष कमलहरी (घरेलु कामदार) रहेकी थिइन् ।

२०३७ सालमा जन्मिएकी उनी आठ वर्षको उमेरमै कम्लहरी बनिन्, १६ वर्ष नपुग्दै बिहे भयो । त्यसैले पढन नपाएकी चौधरीले छोराछोरी हुर्काइसकेपछि अहिले फुर्सदको समयमा अध्ययन्लाई अगाडि बढाएकी हुन् ।

कम्लहरी जीवनबाट मुक्त भएसँगै भूमिअधिकार आन्दोलनमा लागेकी शान्ता चौधरी संविधानसभाको निर्वाचन २०६४ मा समानुपातिकतर्फ नेकपा एमालेबाट सभाषद् भएकी थिइन् ।

प्रौढ कक्षा मात्र पढेकी शान्ता संविधानसभाको भवनभित्र छिर्दै गर्दा मुस्किलले आफ्नो नाम लेख्न सक्थिन् । तर, उनको राजनीतिक चेतले गर्दा संसद्मा प्राकृतिक स्रोतसाधन समितिको सदस्य समेत बनिन् ।

सभासद हुँदा नपढेकी भन्दै आफ्नै साथीहरुको हेपाई भोगेकी उनी अहिले त्यही इखले आफ्ना छोराछोरी उमेरका विद्यार्थीहरुसँगै पढिरहेकी छन् ।

नियमित रुपमा स्कुल आउन नसके पनि उनले निकै मेहनत गरेर पढाइलाई अगाडि बढाइरहेको विद्यालयका प्रधानाध्यापक शतिष आचार्यले बताए ।

Shanta Chaudhari @ Exam (9)“उहाँले अहिलेसम्म पढ्न पाउनुभएन त्यसकारण नियमित विद्यार्थीजस्तो उत्कृष्ट भन्न सकिदैन तर, उहाँको पढाई समग्रमा राम्रै छ,” आचार्यले भने ।

सानैदेखीको पढ्ने धोको पुरा गर्न विद्यालय जीवनको शुरुवात गरेको चौधरी बताउँछिन् ।

“विद्यालयको परिक्षामा पहिलोपटक सहभागी हुँदैछु । अलिअलि डर त लागेको छ । तर पास हुन्छु भन्ने चै लागेको छ,” परीक्षामा सहभागी हुनुअघि उनले भनिन् ।

शान्ताका छोरा अनिल अहिले कक्षा ९ को परीक्षा दिइरहेका छन् भने छोरी बिनु कक्षा ७ को ।

छोरासँगै एसएलसी परिक्षा दिने योजनामा रहेकी शान्ता विविध कारणले छोराभन्दा एक वर्ष ढिला हुन पुगिन् । उनको आफ्नै जीवनमा आधारित ‘कम्लहरी देखि सभाषद्सम्म’ पुस्तक प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?