Breaking News

फेसबुकको विकल्प मेसेन्जर डट कम

Feb Tue 2020 05:40:53

568 views

फेसबुकको विकल्प मेसेन्जर डट कम

फेसबुक केवल स्टाटस लेख्न र तस्वीर हेर्न मात्र प्रयोग हुँदैन् । फेसबुकमा आनन्दको मुख्य स्रोत हो साथीभाइसँगको च्याट सम्बाद ।

यदि तपाइँ फेसबुकमा रमाउनुहुन्छ र फेसबुक प्रतिबन्धित भएका कारण चिन्तामा हुनुहुन्छ भने चिन्ता नलिनुस्, तपाइँलाई फेसबुक मालिक मार्क जुकरवर्गले नयाँ वेबसाइट ल्याइदिएका छन् ।

फेसबुकका मालिकले केही महिना पहिले नै सार्वजनिक गरेको यो नयाँ साइटको नाम हो- म्यासेन्जर डट्कम, जुन धेरैलाई अहिलेसम्म थाहा छैन् ।

फेसबुकले स्मार्टफोनका लागि ल्याएको म्यासेन्जर एप करोडौं प्रयोगकर्ताले डाउनलोड गरे पनि म्यासेन्जर वेबसाइटका बिषयमा भने निकै कमलाई थाहा होला ।

यदि तपाइँले फेसबुकको सट्टा म्यासेन्जर डटकम खोल्नुभयो तपाइँले एउटा क्लिन डिजाइनको वेबसाइट देख्नुहुनेछ । जहाँ तपाइँले म्यासेन्जर एपमा जस्तै च्याट गर्न सक्नुहुन्छ ।

वास्तवमा यो म्यासेन्जर एपकै वेब भर्सन हो जुन फेसबुकको विकल्पका रुपमा तपाइँले प्रयोग गर्न सक्नुहुन्छ । फेसबुक डोमेन ब्लक गरिएका धेरै अफिसमा यही डोमेनमार्फत् आनन्दले फेसबुकमा आफ्ना साथीसँग च्याट गर्न सकिन्छ ।

तपाइँलाई थाहै छ कि, फेसबुक म्यासेन्जर केवल म्यासेजिङ एपमात्र हैन, त्यसबाटै भ्वाइस कल गर्न, ग्रुप म्यासेज गर्न र भिडियो च्याट गर्न पनि मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?