Breaking News

चिनिया रोवट : दुरुस्तै मानिसको डुब्लिकेट

Feb Tue 2020 05:40:27

322 views

चिनिया रोवट : दुरुस्तै मानिसको डुब्लिकेट

युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी अफ चाइनाका इन्जिनियरहरुले जिया जिया नामको रोवट बनाएका छन् । जिया जिया नामको यो रोबोटले केवल अनुहारको हाउभाउ बदल्नेमात्र होइन आम रुपमा मानिसले जस्तै कुराकानी समेत गर्न सक्दछ । चीनमा बनेको पहिलो मानव जस्तै जिया जिया जस्तै रोबोटहरुले चीनका रेष्टुरेन्ट, नर्सिंग होम, अस्पताल तथा घरहरुका कार्यमा सघाउनेछन् । परम्परागत चिनिया पहिरनमा सजिएको महिला स्वरुपको जिया जिया रोबोट ठ्याक्कै चिनिया महिलाजस्तै देखिन्छ । जिया जियाले दिनभरको मौसमका बारेमा तथा लैंगिक विषयमा सोँचविचार गरी जवाफ दिन सक्दछ । प्रदर्शनीमा आफूनजिक आएको एक युवातर्फ इंगित गर्दै जिया जियाले भन्यो, तिमी निकै सुन्दर छौँ । जब उक्त रोबोटलाई सोधियोः के तिम्रो केटा साथी छ रु तब जिया जियाले जवाफ दियो : म सिंगल रहन मन पराउँछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?