Breaking News

ब्याकडोर डिभाइसका कारण साइबर अपराधको सिकार भएका मानिसहरु उल्टै सजायँको भागिदार बन्न सक्ने

Feb Tue 2020 05:40:42

382 views

ब्याकडोर डिभाइसका कारण  साइबर अपराधको सिकार भएका मानिसहरु उल्टै सजायँको भागिदार बन्न सक्ने

इन्टरनेट संजालसँग सम्बन्धित विषयमा युरोपमा काम गर्ने संस्था एनिसाले हालै प्रकाशित गरेको एक रिपोर्टले आश्चर्यजनक तथ्य बाहिर ल्याएको छ । रिपोर्टअनुसार केही देशका सरकारहरुले सर्वसाधारणका घरमा प्रयोग हुने इन्टरनेटजडित उपकरणहरुमा यस्ता डिभाइस जडान गरेको छ, जसबाट सरकारले सर्वसाधारणका गतिविधिमा निगरानी गर्न सकोस् ।

यस्ता उपकरणहरुलाई ब्याकडोर डिभाइस भनिन्छ । कम्पनीहरुका लागि डिजिटल सिंगल मार्केट अर्थात् एकलौटी बजारमा काम गर्नका लागि यस्तो गर्नु सायद जरुरी छ । तर यस्ता उपकरणमा जडित डिभाइसहरुबाट प्राप्त डाटाहरु गलत हातमा परेमा त्यसले सर्वसाधारणमा खतरा उत्पन्न गराउन सक्ने रिपोर्टले जनाएको छ ।

एनिसाकाअनुसार यस्ता डिभाइसको जडानले जो फाइदा हुन्छ, त्यसको निकै धेरै बेफाइदा पनि हुन सक्छ । ब्याकडोर डिभाइसका कारण निर्दोष मानिसहरु साइबर क्राइमका सिकार हुनसक्छन् । यसका साथै यदि तपाइँ विदेशी उपकरणको प्रयोग गर्नुहुन्छ भने त हुनसक्छ तपाइँको निजी जानकारी विदेशी कम्पनी तथा सरकारको हातमा पुग्दछ ।

जसबाट सत्रुराष्ट्रले ती जानकारीको गलत प्रयोग गर्न सक्दछ । त्यसैले त्यस्तो डिभाइसले केवल आम मानिसका लागि मात्र नभै पूरै देशका लागि समेत खतरा पैदा गर्नसक्दछ । रिपोर्ट अनुसार साइबर अपराधको सिकार भएका मानिसहरु उल्टै सजायँको भागिदार बन्दछन् । किनकी उनीहरुका उपकरण कुनै गलत कामका लागि प्रयोग भएका हुन्छन् । अपराधीले अरुका निजी तस्वीर तथा भिडियो चोरी गरी लिक गरिदिन सक्दछ ।

साथै कसैको धनसम्पत्तिको जानकारी पनि कुनै अपराधीको हातमा पुग्नसक्दछ र व्यक्तिको गोपनीयता संकटमा पर्दछ । गत वर्ष पनि यो विषयमा बहस भएको थियो जब एफबीआइले अमेरिकामा एप्पललाई एक अपराधीको आइफोन अनलक गर्न गरेको आग्रह एप्पलले अस्विकार गर्यो ।

एप्पलले यस्तो सम्भावनालाई लिएर सरकारसँग असहमत भएको थियो की जुन ब्याकडोरको माध्यमबाट सरकारले अपराध पत्ता लगाउँछ सोही तरिकाको गलत प्रयोग अपराधी पनि गर्न सक्दछन् । कुनै पनि कम्पनी आफ्नो गोपनीयता नीति अन्तरगत आफ्ना ग्राहकसँग बाचा गर्दछन् की, उनीहरुका निजी जानकारीहरु सार्वजनिक गरिने छैनन् ।

त्यसैले यदि उसले सरकारको आग्रह मुताविक कुनै पनि डिभाइसका माध्यमबाट यस्तो जानकारी सार्वजनिक गरेमा त्यो गोपनियता नीतिको उल्लंघन हुन्छ । सोही कारणले गर्दा एफबीआइलाई सहयोग गर्न एप्पलले ठाडै अस्विकार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?