Breaking News

सोसल मिडिया साइवर थ्रिएट र साइवर सुरक्षा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम

Feb Tue 2020 05:40:14

385 views

सोसल मिडिया साइवर थ्रिएट र साइवर सुरक्षा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम

बढ्दो अनलाइन र सोसल मिडियाको विकासले पत्रकारीताको अवसरसँगै यसका चुनौतीहरु सिर्जना गरेकोले अनलाइन मिडिया व्यवस्थापन, अनुगमन, नियन्त्रण र व्यवसायीकरणका लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउने उद्देश्यले आइसिटी पत्रकार विकास मञ्चको आयोजना र राष्ट्रिय अनलाइन पत्रकार संघको सहकार्यमा अनलाइन मिडिया व्यवसायीकरण र साइवर सुरक्षाबारेको अन्तरक्रिया तथा छलफल कार्यक्रम माघ ८ गते हुने भएको छ ।कार्यक्रममा प्रेस काउन्सिल नेपालको अध्यक्ष, नेपाल पत्रकार महासंघको अध्यक्ष, राष्टिय सूचना आयोगका प्रमुख कृष्णहरि बाँस्कोटा, अपराध अनुसन्धान महाशाखाका प्रमुख, राष्टिय प्रेस क्लव, रिपोर्टस क्लव, राष्टिय अनलाइन पत्रकार संघ लगायतका सम्बद्ध निकाय र सरोकारवालका प्रतिनिधिहरुले सोसल तथा अनलाइन मिडिया व्यवस्थापन व्यवसायीकरण र साइवर थ्रिएटसँगै सुरक्षाका विषयमा बोल्ने बताइएको छ । अन्तरक्रिया कार्यक्रममा महानगरीय अपराध महाशाखाका प्रमुख तथा एसएसपी सर्वेन्द्र खनालले सोसल मिडियामार्फत हुने साइवर क्राइमको अवस्थालाई प्रस्ट्याउनेछन् ।

iit कार्यक्रम तालिका

प्रमुख अतिथि : शिवलाल थापा विज्ञान तथा प्रविधि मन्त्री मिति : २०७२ माघ ८ गते स्थान : इको  रिसोर्ट, त्रिदेवी मार्ग ठमेल समय : १.३० बजेदेखि ४.३० बजेसम्म

अन्तरक्रिया विषय : अनलाइन मिडिया व्यवस्थापन र साइवर सुरक्षाबारे

वक्ताहरु: सर्वेन्द खनाल ,प्रमुख /महानगरीय अपराध महाशाखा हनुमानढोका बोर्ण बहादर कार्की  - अध्यक्ष प्रेस काउन्सिल नेपाल कृष्णहरि बाँस्कोटा प्रमुख - राष्टिय सूचना आयोग

crime cyber

कार्यक्रममा व्यवसायिक तवरले सञ्चालन रहेको दुई दर्जनभन्दा बढी अनलाइन मिडियाका सञ्चालक तथा अनलाइन पत्रकारहरुको सहभागीता रहनेछ । कार्यक्रमको उद्देश्य अनलाइन पत्रकारीतको विश्वसनियता हेडलाइन समाचार र कन्टेटका बारेमा छलफल परामर्श र सल्लाह सुझाव आदान प्रदान गरी उचित व्यवस्थापनका सरोकारवाला निकायहरुका प्रमुखको ध्यानकर्षण गराउनु रहने छ । नेपाली पत्रकारीता विकासका लागि अनलाइन मिडियामार्फत महत्वपूर्ण भूमिका निर्वाह गरेवापत विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले सोसल तथा अनलाइन मिडिया सञ्चालक तथा अनलाइन पत्रकारहरुलाई मायाको चिनो प्रदान गर्ने कार्यक्रम समेत रहेको कार्यक्रम संयोजक तथा राष्टिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगानाले बताएका छन् । राष्ट्रिय अनलाइन पत्रकार संघको सहकार्यमा हुने मिडिया व्यवसायीकरण र साइवर सुरक्षाबारे विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमको जानकारी सबै अनलाइन मिडियामार्फत सम्प्रेषित गरिदिनुहुनका लागि अन्तरक्रिया कार्यक्रमको आयोजक संस्था आइसिटी पत्रकार विकास मञ्चले प्रिन्ट, अनलाइन तथा बिद्युतीय सञ्चारमाध्यममा कार्यरत सूचना प्रविधि विटका पत्रकाहरुलाई कार्यक्रममा हार्दिक निमन्त्रण गरेको छ ।cyber crime

अनलाइन मिडिया विकासले सिर्जना गरेको पत्रकारीताको अवसरसँगै यसका चुनौतीहरु थपिदिएको छ । अनलाइन पत्रकारीताको मर्म भावना वीपरितका अनर्गल समाचारहरुले अनलाइन मिडिया र पत्रकारीताकै नाक काटिदिएको छ । नैतिक चरित्र हत्याका हेडलाइन समाचार, आधिकारिक र प्रमाणबिनाका तथ्यहीन समाचारहरु अनलाइन मिडियाबाट प्रकाशित हुने गरेका अधिकाश समाचार लिंकहरु फेसबुक, ट्वीटर लिङदेन जस्ता सोसल साइटहरुमा छिन छिनमा आइररहदा नेपाली पत्रकारीताको शान गिराउदै लगेको छ भने साइवर थ्रिएट र अपराधका घटनाहरु बढ्दै गएका छन् । यस्तो अवस्थामा अनलाइन सञ्चालक, सम्पादक र संवाददाताहरुले पत्रकारीताको मर्म र भावनालाई मनन गर्दै व्यवसायिक पत्रिकारीताको ट्रेण्ड बसाल्दै नयाँ पुस्तालाई सत्य तथ्यपरक समाचार र जानकारीहरु सम्प्रेषित गर्नका लागि एकबद्ध भएर लाग्नुको विकल्पै छैन भने सरकारको सरोकारवाला निकायले पनि स्वच्छ मर्यादित र व्यवसायिक अनलाइन पत्रकारीताको व्यवस्थापन गर्दै अनुगमन र नियन्त्रणलाई कडाईका साथ अख्तियार गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । यसका लागि आइसिटी पत्रकार विकास मञ्चले उठाएको सोसल मिडिया व्यवस्थापन व्यवसायीकरण र साइवर सुरक्षाको सबाल अहिलेको आइसिटी क्षेत्रको सान्दर्भिक कार्यक्रम बन्न सकोस् । यो कार्यक्रमलाई अभियानको रुपमा स्कूल कलेज, बित्तिय संघ संस्थाहरुमा लैजान आयोजित कार्यक्रम पृष्ठपोषक बन्न सकोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?