Breaking News

नेपाल साइवर थ्रिएट मालवेयरको उच्च खतरा भएको चौथो देशमा -माइक्रोसफ्ट रिपोर्ट

Feb Tue 2020 05:40:30

408 views

नेपाल साइवर थ्रिएट मालवेयरको उच्च खतरा भएको चौथो देशमा -माइक्रोसफ्ट रिपोर्ट

मालवेयर भाइरस इन्फेक्सन हुने चौथो देशको सूचीमा नेपाल रहेको रिपाृर्ट माइक्रोसफ्टले सार्वजनिक गरेको पछिल्लो अनुसन्धानमा सार्वजनिक भएको छ ।cyber aware

मालवेयर इन्फेक्सनको उच्च खतरा भएका विश्वका टप ५० देशहरुको अध्ययनमा शीर्ष १९ देशमध्ये १७ देशहरु एसियाका परेका छन् । पाकिस्तान सबैभन्दा उच्च जोखिम हुने देशमा परेको छ ।

इन्डोनेसिया र बंगलादेश क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । भारत आठौं स्थानमा रहेको छ भने चीन चौधौं स्थानमा रहेको छ ।

यी देशहरुमा औसतामा ४० प्रतिशतभन्दा बढी कम्प्युटरहरु भाइरसको चपेटमा रहेका छन् । विश्वको औसत भने २०।८ प्रतिशत रहेको छ । सन् २०१५ मा यो १७।६ प्रतिशत रहेको थियो ।

माइक्रोसफ्ट प्रोटेक्सन सेन्टर (एमएमपीसी)र माइक्रोसफ्ट सेक्युरिटी इन्टिलिजेन्स रिपोर्टको आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।

कम्प्युटरमा सबैभन्दा बढी देखिएका भाइरसमा Gamarue, Trojans Peal र Skeeyah रहेका छन् ।CTE2016-Malware-Infection-Index-2-June

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?