Breaking News

फेसबुक ग्रुपबाट हटाएको निहुँमा १६ वर्षका सुजनको यसरी हत्या

Feb Tue 2020 05:40:33

712 views

फेसबुक ग्रुपबाट हटाएको निहुँमा १६ वर्षका सुजनको यसरी हत्या

इन्टरनेटको दुरुपयोग सामाजिक सञ्जालको प्रयोगले १६ वर्षका सुजनको यसरी हत्या

  • रबिन थपलिया
पुरानो गुह्वेश्वरी एज ग्रुप नामको फेसबुक ग्रुपबाट आफुहरुलाई हटाएको भन्दै २०७४ माघ २७ गते युवकहरुको समुहले नुवाकोट सुर्यगढी गाँउपालीका ३ घर भई बालाजुको माछापोखरी बस्ने बर्ष १६ को कुमार सुचिकारको हत्या गरेको घटना प्रहरीले सार्वजनिक गरेको छ । सुचिकार गणेश हिमाल बोडिङ स्कुल गोंगबुमा अध्ययनरत विद्यार्थी हुन् । तारकेश्वर नगरपालीका वडा नं ४ बस्ने बर्ष १६ का सुजन महर्जन समेतका युवकहरुको समुहले माघ २७ गते साँझ ५ बजे गोलढुंगा ४ फुलबारी गेट नकिजै सुचिकारलाई बोलाएर ढुंगा र इट्टा प्रहार गरी घाइते बनाएका थिए । घटनाको भोलीपल्ट चोटपटक लागेर गम्भीर घाइते भएका सुचिकारलाई महानगरीय प्रहरी बृत्तको प्रहरी टोलीको सहयोगमा बिर अस्पतालको ट्रमासेन्टरमा पठाएपनि उपचारको क्रममा माघ २९ गते मृत्यु भएको थियो । प्रहरी बृत्त बालाजुले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न ९ युवकलाई सार्वजनीक गरेका छ । पत्रकार सम्मेलनमा बोल्दै बृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज खडकाले इन्टरनेटको दुरुपयोगले हत्या सम्मको अवस्था आएको भन्दै आफना बालबालीकालाई इन्टरनेट प्रयोगका बिषयमा अबिभावक गम्भीर हुनुपर्ने बताए । युवक समुहहरुको आक्रमणमा परी घाइते भई उपचारका क्रममा मृत्यु भएका सुचिकारका आमाले लामो समय सम्म छोरा घर नआएपछि प्रहरी बृत्त बालाजुलाई खोजी दिन निवेदन पेश गरेकी थिईन् । माघ २७ गते हराएको छोरा फागुन १ गते हराएको भन्दै मृतककी आमा राधा सुचिकार फागुन ८ गते बालाजु प्रहरीमा पुगेकी थिइन् । राधाको निवेदन पछि प्रहरीले सोधखोज र अनुसन्धान पछि माघ २९ गते उपचारको क्रममा मृत्यु भएको युवकको बारेमा राधालाई बताएछि मृतक आफनो छोरा रहेको थाहा पाएकी थिइन् । बालाजु बृत्तका अनुसार माघ २१ गते मृतक कुमार सुचिकारको मोवाइलमा अचानक फोन लागेको र नबोलेपछि पुन प्रहरी बृत्तमा आएकी थिइन । राधाले घटनाबारेमा यथार्थ जानकारी दिएको केहि घण्टामानै घटनामा संलग्न पुरानो गुह्ेश्वरीका १६ बर्षिय सुजन महर्जन पक्राउ परेका थिए । त्यसलगतै घटनामा संलग्न ९ युवक पक्राउ भएका थिए । स्रोत : Sagarmathapost

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?