प्रहरी बृत्त बालाजुले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न ९ युवकलाई सार्वजनीक गरेका छ । पत्रकार सम्मेलनमा बोल्दै बृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज खडकाले इन्टरनेटको दुरुपयोगले हत्या सम्मको अवस्था आएको भन्दै आफना बालबालीकालाई इन्टरनेट प्रयोगका बिषयमा अबिभावक गम्भीर हुनुपर्ने बताए ।
युवक समुहहरुको आक्रमणमा परी घाइते भई उपचारका क्रममा मृत्यु भएका सुचिकारका आमाले लामो समय सम्म छोरा घर नआएपछि प्रहरी बृत्त बालाजुलाई खोजी दिन निवेदन पेश गरेकी थिईन् । माघ २७ गते हराएको छोरा फागुन १ गते हराएको भन्दै मृतककी आमा राधा सुचिकार फागुन ८ गते बालाजु प्रहरीमा पुगेकी थिइन् । राधाको निवेदन पछि प्रहरीले सोधखोज र अनुसन्धान पछि माघ २९ गते उपचारको क्रममा मृत्यु भएको युवकको बारेमा राधालाई बताएछि मृतक आफनो छोरा रहेको थाहा पाएकी थिइन् । बालाजु बृत्तका अनुसार माघ २१ गते मृतक कुमार सुचिकारको मोवाइलमा अचानक फोन लागेको र नबोलेपछि पुन प्रहरी बृत्तमा आएकी थिइन । राधाले घटनाबारेमा यथार्थ जानकारी दिएको केहि घण्टामानै घटनामा संलग्न पुरानो गुह्ेश्वरीका १६ बर्षिय सुजन महर्जन पक्राउ परेका थिए । त्यसलगतै घटनामा संलग्न ९ युवक पक्राउ भएका थिए ।
स्रोत : Sagarmathapost