Breaking News

फिफाद्धारा गणेश थापालाई १० बर्षको प्रतिबन्ध र २० लाख जरिवाना

Feb Tue 2020 05:40:57

414 views

फिफाद्धारा गणेश थापालाई १० बर्षको प्रतिबन्ध र २० लाख जरिवाना

अनियमितताको आरोपमा अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापालाई कार्वाही गरेको छ । फिफाले थापालाई कार्वाहीस्वरुप १० वर्षको प्रतिबन्ध र २० लाख रुपैयाँ जरिवाना समेत तिराउन भनेको छ । थापाले फिफाको कार्यकारी समिति र एशियाली फुटबल महासंघको अधिवेशनका बेला रकम लिएको फिफाको आरोप छ । थापामाथि एशियाली फुटबल महासंघका तत्कालिन अध्यक्ष मोहमद विन हमानबाट १ लाख डलर लिएको आरोप छ । तर थापाले भने हमानसँग व्यक्तिगत काममा लागि आफूले रकम लिएको र पछि फिर्ता गरेको दावी गरेका छन् । यसअघि संसदको लेखा समितिले थापामाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएपनि अख्तियारले मुद्धा अघि बढाएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?