Breaking News

सामसुङको एस ९ र एस ९ प्लस का फिचर र भिन्नताहरु

Feb Tue 2020 05:40:35

632 views

सामसुङको एस ९ र एस ९ प्लस का फिचर र भिन्नताहरु
सामसुङले ‘ग्यालेक्सी एस ९’ र ‘ग्यालेक्सी एस ९ प्लस’ फोन लन्च गरेको छ । सामसुङको नयाँ फ्ल्यागशिप स्मार्ट फोन नयाँ क्यामरा, डाटा प्रोटेक्स, भर्जुअल असिस्टेन्ट र इन्टरप्राइज परफमेन्सका साथ सार्वजनिक गरिएको छ । यसको क्यामरालाई रिडिजाइनका साथसाथै स्मार्टथिङ्ग एप, Knox ३.१ डिफेन्स ग्रेड सेक्युरिटी जस्ता फिचरहरु छन् । यी फोनहरु कालो, खैरो, निलो, पर्पल रंगमा उपलब्ध छन् । यी फोनहरु डस्ट फ्री छन् । एस ९’ र ‘एस ९ प्लस’मा डिस्प्ले सामसुङ ग्यालेक्सी एस ९ फोनमा ५.८ इन्चको क्वाड एचडी सुपर एमोलेड स्क्रिन छ । फोनको एस्पेक्ट रेसियो १८.५ः९ छ । यसको पिक्जेल प्रति इन्च (पीपीआई) ५३१ छ । सामसुङ ग्यालेक्सी एस ९ प्लस फोनमा ६.२ इन्चको क्वाड एचडी प्लस कर्व्ड सुपर एमोलेड स्क्रिन छ । यसको पनि एस्पेक्ट रेसियो १८.५ः९ छ । यसको पिक्जेल प्रति इन्च (पीपीआई) ५६८ छ । र्‍याम सामसुङ ग्यालेक्सी एस ९ फोनमा चार जीबीको र्‍याम राखिएको छ । फोन १० एनएम ६४ बिट एक्स्ट्राकोर चिपसेट छ । फोनमा अक्टाकोर क्वालकम स्न्यापड्रेगन ८४५ प्रोससर राखिएको छ । सामसुङ ग्यालेक्सी एस ९ प्लस फोनमा ६ जीबीको र्‍याम राखिएको छ । फोनमा १० एनएम प्रोससरको प्रयोगबाट अक्टाकोर क्वालकम स्न्यापड्रेगन ८४५ प्रोसेसर राखिएको छ । व्याट्री सामसुङ ग्यालेक्सी एस ९ फोनमा ३ हजार एमएएच व्याट्री छ । फोनमा वायरलेस चार्जिङको सुविधा पनि छ । सामसुङ ग्यालेक्सी एस ९ प्लसको व्याट्री सामसुङ ग्यालेक्सी एस ९ को व्याट्रीभन्दा बलियो र टिकाउ छ । किनकी यसमा ३ हजार ५ सय एमएएचको व्याट्री राखिएको छ । यसमा पनि वायरलेस चार्जिङको सुविधा छ । मूल्य सामसुङ ग्यालेक्सी एस ९ फोनको सबैभन्दा कम मूल्य ७२० डलर छ । यसको नेपाली रुपैयाँ ७४ हजार ६५४ रुपैयाँ हुन आउँछ । सामसुङ ग्यालेक्सी एस ९ प्लसको सबैभन्दा कम मूल्य ८४० डलर छ । यसको नेपाली रुपैयाँ ८७ हजार ९६ रुपैयाँ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?