Breaking News

धार्मिक पर्यटनबाटै मुलुक समृद्ध हुने, हिन्दु धर्मको उत्पति नेपालबाटै – पर्यटन मन्त्री आनन्द पोखरेल

Feb Wed 2020 02:40:17

435 views

धार्मिक पर्यटनबाटै मुलुक समृद्ध हुने, हिन्दु धर्मको उत्पति नेपालबाटै – पर्यटन मन्त्री आनन्द पोखरेल

काठमाडौं राष्ट्रिय नागरिक विकास समाजको आठौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले धार्मिक पर्यटन प्रवद्र्धन गरे मात्र समृद्ध नेपालको परिकल्पना साकार हुने बताउनुभएको छ । नेपाल पर्यटकीय दृष्टिकोणले निकै सुन्दर, हराभरा र आकर्षक मात्र होइन बुद्धको जन्मस्थल भएकोले धार्मिक पर्यटनको सम्भावना प्रचुर रहेका मन्त्री पोखरेलले बताउदै साँस्कृतिक, धार्मिक र प्राकृतिक पर्यटनबाटै मुलुकको आर्थिक उन्नति र विकास हुने दाबी गरे ।

मन्त्री पोखरेलले बुद्ध नेपालमा जन्मेका मात्र होइनन्, अहिंसा, लोभ, मोह त्याग्ने सन्देश नेपालबाटै शुरु भएको तथ्य र योगको शुरुवात हिन्दु धर्मबाट शुरु भएको र योग ऋषि पतञ्जली नेपालकै हुन् भन्नु हुदै हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने संस्थाको मुल नारा अनुसार सबै क्षेत्रका समान विकासका लागि सबै क्षेत्रमा रहेका तिर्थस्थलको विकासमा जोड दिनुपर्ने बताउनु भयो ।

संस्थाका अध्यक्ष महेशजङ्ग कुँवरको सभापतित्वमा आयोजित कार्यक्रममा उद्योग राज्यमन्त्री मेघराज नेपालीले नेपालको विकासको लागि हामी नेपाली बिच नै ऐक्यबद्धताको खाँचो रहेको औंल्याउनुभयो । उहाँले भुकम्पपछिको पुनःनिर्माणमा सबै नेपालीबीच सहयोग आदान प्रदान हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा राष्ट्रिय नागरिक विकास समाजले विभिन्न क्षेत्रबाट देशको शिक्षा, स्वास्थ्य, शान्ति विकासमा योगदान पु¥याउनुभएका व्यक्तित्वलाई सम्मान गरेको थियो । कार्यक्रममा गोरखापत्रकर्मीद्वय लक्ष्मी खतिवडा र दिपक श्रेष्ठ सम्मानित हुनुभयो । त्यसैगरी समाजसेवी तथा अध्यक्ष लुम्बिनी होटल कासाई प्रा.लि.का नोबुओ कासाई ,समाजसेवी भवानीप्रसाद पौडेल, पुष्पलता आचार्य,सत्यदेवी सोनु माता, टंक पन्त, गोमा ढकाल, लोक बहादुर टण्डन, अग्निप्रसाद कंडेल, रामलाल श्रेष्ठ, नवराज महत, निशा अर्याल, मंगल तामाङ, भविश्वर शर्मा, मुकुन्द ढुंगाना, मुकुन्द शर्मा, रेशम गुरुङ्ग, राजेन्द्र अधिकारी, आनी भिमसुवा गुरुङ्ग लगायतका सामाजिक व्यक्तिहरु सम्मनित भएका थिए ।

राष्ट्रिय नागरिक विकास समाजको आठौं वार्षिकोत्सव समारोहका फोटो झलकहरु : tourism

nnn

mm ss mk rajen bhabi

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?