Breaking News

लगानीका लागि तयार रहनुहोस् !! चार हाइड्रो र तीन माइक्रोफाइनान्सको आइपीओ पनि आउँदैछ

Feb Tue 2020 05:40:27

259 views

लगानीका लागि तयार रहनुहोस् !! चार हाइड्रो र तीन माइक्रोफाइनान्सको आइपीओ पनि आउँदैछ
काठमाडौं : दोस्रो बजारमा जोखिम लिन नचाहेनका लागि आइपीओमा थप अवसर धमाधम आउँदैछ । आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा चार हाइड्र«ोपावर र तीन माइक्रोफाइनान्स कम्पनीले आवेदन दिएका छन् । बोर्डमा अनुमति पाउने बित्तिकै आइपीओ ल्याइहाल्ने तयारी यी कम्पनीको रहेको छ । बोर्डमा साधारण सेयर (आइपीओ) जारी गर्न आवेदन दिने चार वटा हाइड्रोपावर कम्पनीमा हिमालयन पावर पाटर्नर लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर र नेपाल हाइड्रोपावर कम्पनी छन् ।
धितोपत्र बोर्डका अनुसार सिनर्जी पावरले स्थानीय बासिन्दाका लागि सात करोड कित्ता सेयर निष्कासन गर्दैछ भने हिमालयन पावर पाटर्नरले सर्वसाधारमा १० करोड ६५ लाख ४१ हजार सात सय रूपैयाँ बराबरको आइपीओ जारी गर्नेछ ।
यसैगरी, दिव्यश्वरी हाइ«ोपावरले तीन करोड ९६ लाख रूपैयाँको आइपीओ बिक्री गर्ने तयारी गरेको छ भने नेपाल हाइड्रो डेभलपर लिमिटेडले दुई करोड ६० लाख रूपैयाँको आइपीओ बिक्री गर्न नियामक धितोपत्र बोर्डमा अनुमति मागेको छ ।
सबै कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यमा आइपीओ ल्याउने भएकाले सर्वसाधारण आकर्षित हुने अनुमान छ । पछिल्लो समय दोस्रो बजारमा नेप्से सूचक अकासिएकाले आइपीओमा पनि धेरैको रुचि बढेको छ । माइक्रोफाइनान्स र हाइड्रोपावरमा लगानीकर्ता बढी आकर्षित भइरहेका छन् ।
आवेदन दिएका कम्पनीले आवश्यक कागजपत्र पूरा गर्ने बित्तिकै बोर्डले निष्कासन अनुमति दिनेछ । सेयर बजारमा आकर्षण चुलिएकै मौका छोपी कम्पनीहरूले पुँजी संकलन गर्न सर्वसाधारणबाट पैसा उठाउने रणनीति अख्तियार गरेका हुन् ।
हाल धितोपत्र बोर्ड यी हाइड्रोपावर र माइक्रोफाइनान्सबाहेक केही फाइनान्स, विकास बैंकसहित अन्य कम्पनीले पनि आइपीओ जारी गर्न आवेदन दिएका छन् । बोर्डमा कुल ७७ करोड पाँच लाख १८ हजार तीन सय रूपैयाँको आइपीओ बजारमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?