Breaking News

सेनाकी श्रीमतीको फन्दामा प्रहरी इन्सपेक्टर यसरी फसे

Feb Tue 2020 05:40:39

247 views

सेनाकी श्रीमतीको फन्दामा प्रहरी इन्सपेक्टर यसरी फसे
काठमाडौं,
धन देखेपछि महादेबको पनि त्रिनेत्र भने झै दुई सन्तानकी एक आमाले आफू भर्जिन भएको भ्रम छरेर नेपाल प्रहरीका एक सोझा इन्सपेक्टरलाई बेवकुफ बनाउन सफल भएकी छन् ।
दोलखा घर भई भक्तपुर सूर्य बिनायक डेरा गरी बस्ने सिर्जना घिमिरेले नेपाल प्रहरीका बहालवाला इन्सपेक्टर लोकनाथ लामिछानेलाई विवाह गर्छुभन्दै ठगी गर्न सफल भएकी हुन । इन्सपेक्टर लामिछाने प्रहरी अस्पतालमा कार्यरत छन् भने उनलाई ठगी गर्ने घिमिरे भने महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा रहेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
२७ वर्षीय घिमिरेले योजनाबद्ध तरिकाबाट इन्सपेक्टर लामिछानेलाई ५९ लाख रुपैंयाँ ठगी गरेको जाहेरी परिसरमा परेपछि उनलाई पक्राउ गरी अनसुन्धान गरिएको परिसरका डिएसपी दिनेश आर्चायले बताए । विवाहित घिमिरेको दुई छोरा छन् भने श्रीमान नेपाली सेनामा कार्यरत छन् । घिमिरेकी श्रीमान भने यतिबेला शान्ति सेनाको मिशन अन्तर्गत कंगोमा रहको स्रोत बताउँछ ।
यसरी फसे इन्सपेक्टर
आफन्तको धुम्वाराहीस्थित औषधि पसलमा जाने क्रममा ठगी धन्दाकी ‘मास्टर माइण्ड’ घिमिरेसँग प्रहरी इन्सपेक्टर लामिछानेको भेट भयो । हेर्दा सोझा र भलादमी खालका लामिछानेलाई फसाउन सजिलो हुने भएपछि दुई सन्तानकी आमा घिमिरे अविवाहित भएको नाटक मन्चन गर्दै लामिछानेसँग निकट हुन थालिन । भर्खरै आफ्नो श्रीमतीसँग सम्बन्ध बिछेद गरी एक्लो महशुस गरेका लामिछानेले हेर्दा चटक्क परेकी युवती पाएपछि दंग परे ।
बुढी श्रीमतीले छाडेर के भो त, तरुनी पाएपछि भन्दै उनले आफ्नो उमेरको ख्यालै गरेनन् । बिस्तारै घिमिरेको योजनामा फस्दै गए र उनी बिवाह गर्ने निष्कर्षमा पुगे । विवाहका लागि सुन बनाउने, घरको सामान किन्ने र घर बनाउन जग्गा किन्ने बहानामा घिमिरेले लामिछानेसँग पटक–पटक गरी ५९ लाख रुपैंया ठग्न सफल भइन । यो ठगी धन्दामा उनलाई आफन्त पर्ने पार्बती घिमिरेले समेत साथ दिएको जाहेरीमा उल्लेख छ ।
पटक–पटक बिभिन्न बहानामा पैसा माग्ने तर बिवाह गर्ने कुरा टार्न थालेपछि एक दिन फोनमा घिमिरेले ‘तिमीले पिण्ड खाने बेला भयो, समाजमा तिम्रो र मेरो जोडी सुहाउँदैन बरु मलाई इन्जिनियर केटा खोज्देउ’ भनेपछि लामिछानेले बल्ल आफू ठगीएको महशुस गरे । त्यसपछि उनी न्यायका लागि प्रहरीमा पुगेका हुन् । आफू जस्तै गरी अरु पनि मुर्गा नबनुन भनेर प्रहरीमा पुगेको उनले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?