Breaking News

अहिलेसम्मकैै शक्तिशाली स्मार्टफोन बन्यो

Feb Tue 2020 05:40:11

216 views

अहिलेसम्मकैै शक्तिशाली स्मार्टफोन बन्यो

स्मार्टफोनको बजारमा उच्च क्षमतायुक्त स्मार्टफोन भित्रिने क्रममा एक चिनिया कम्पनीले अहिलेसम्मकै क्षमतावान प्रोसेसर भएको स्मार्टफोन सार्वजनिक गरेको छ ।

चिनिया स्मार्टफोन कम्पनी वर्नीले आफ्नो नयाँ स्मार्टफोन अपोलो लन्च गरेको हो । यो स्मार्टफोनको सबैभन्दा महत्वपूर्ण र खास विशेषता भनेको यसको क्षमतावान प्रोसेसर नै हो । साथै यसमा ६ गिगाबाइटको र्‍याम प्रयोग गरिएको छ ।

यो स्मार्टफोनका अन्य फिचर्समा साढे ५ इन्चको क्युएचडी डिस्प्ले तथा डेकाकोर मिडियाटेक २० प्रोसेसर प्रयोग गरिएको छ । यसको र्‍याम ६ जिबी हुनुका साथै इन्टर्नल मेमोरी १२८ जिबी रहेको छ । यो स्मार्टफोनको स्क्रिन रिजोलुसन २५६० गुणा १४४० पिक्सेल रहेको छ ।

अपोलोमा एन्ड्रोइड सिक्स मार्सर्मेलो अपरेटिंग सिस्टम रहेको छ । यसमा फिंगरप्रिन्ट स्क्यानर प्रविधि समेत राखिएको छ । स्मार्टफोनकेा अर्को विशेषता भनेको यसको उच्च क्षमतायुक्त क्यामरा पनि हो । यसमा २१ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ, जसमा डुअल टोन एलइडी फ्लास रहेको छ । त्यस्तै सेल्फी क्यामरा समेत ८ मेगापिक्सेलको दिइएको छ ।

कनेक्टिभिटीको कुरा गर्नेहो भने यसले फोर जी, एलटीइ, वाइफाइ, ब्लुटुथ तथा जिपिएस सपोर्ट गर्दछ । आउँदो महिनादेखि चिनिया बजारमा यो स्मार्टफोन उपलब्ध हुने बताइएको छ । तर यसको मूल्य भने सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?