Breaking News

१३ औं महाधिवेसनमा प्रदिप पौडेलले चुनावी प्रचार रोबोटले गर्ने

Feb Tue 2020 05:40:50

246 views

१३ औं महाधिवेसनमा प्रदिप पौडेलले चुनावी प्रचार रोबोटले गर्ने
काठमाडौ, । नेपाली काग्रेसको १३ औ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेका प्रदिप पौडेलको चुनाव प्रचार रोबोटले गर्ने भएको छ ।  प्राविधिक विद्यार्थी समूहले निर्माण गरेको रोवोटले कोही ब्यक्ति अगाडि आउने वित्तिकै ‘नेपाली काग्रेसका नैतिकबान, कर्तब्य निष्ठ, कर्मठ जुझारु यूवा नेता प्रदिप पौडेललाई नेपाली काग्रेसको खुला तर्फको केन्द्रीय सदस्य पदमा आफ्नो बहुमुल्य मत दिई अत्याधिक बहुमतले विजयी गराऔ, जय नेपाल’ भनेर सन्देश प्रवाह गर्दछ । र त्यो सँगै सोही रोबोटले बोली अनुसारकै कागजमा प्रिन्ट गरेर हातले दिनेछ ।
रोबोट दुई हात जोडेर नमस्ते गर्दै भोट माग्दै चारैतिर घुम्दै हिड्छ । समूहले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर काग्रेस पार्टीको महाधिवेशनलाई प्रविधि मैत्रि बनाउने उद्देश्यसहित ९१ हजार रुपैया खर्च गरेर रोबोटको निर्माण गरिएको जानकारी दिए ।
रोवोट निर्माण टोलीका सदस्य धिरन कार्कीले प्रविधिको प्रयोगले सकारात्मक सन्देश प्रवाह गरेर प्रचार गरिएका ब्यक्तित्वलाई अत्याधिक मत प्राप्त हुने विश्वास ब्यक्त गर्दै यसको प्रयोगले काग्रेसलाई समेत प्रविधि मैत्रि बनाउने बताए । उनले पौडेल प्रविधि मैत्रि र विकासमा भूमिका खेलेकोले उनको प्रचार गरिएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?