Breaking News

क्यान इन्फोटेक २०१६ को अन्तिम तयारी पूरा, फाईबर ईन्टरनेट सेवा घर घरमा

Feb Tue 2020 05:40:59

569 views

क्यान इन्फोटेक २०१६ को अन्तिम तयारी पूरा, फाईबर ईन्टरनेट सेवा घर घरमा

१५ देखि २० गते (त्दनुसार जनवरी २९ देखि ३, फेब्रुअरी २०१६) सम्म प्रदर्शनी स्थल भृकूटीमण्डपमा हुने २२ औ संस्करणको क्यान इन्फोटेक २०१६ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । बिहिबार आयोजित प्रेस सम्मेलन तथा एक्जिबिटर्स बिफ्रिङ कार्यक्रममा आयोजक क्यान महासंघले शत प्रतिशित स्टल बुकिङ सकिएको जनाएको छ । सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा र हल बाहिर ३ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १०४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु १० गरी जम्मा १८० स्टलहरु रहने क्यानले जनाएको छ ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई.सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् ।

can info क्यान ईन्फोटेकको यस २२औं संस्करणको नाम “सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” रहको छ । त्यस्तै प्लाटिनम स्पोन्सर– भायनेट, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम, गोल्ड स्पोन्सरहरु– वल्र्ड लिङ्क तथा आईटेल , सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर र स्टार अफिस ईन्टरनेशनल छन् भने प्रिन्ट स्पोन्सरमा– क्यानन् बाई आई. ई. सि. रहेको छन् ।

सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावेको यस २२औं संस्करणको लागि सूचना तथा सञ्चार मन्त्रालय, प्रमाणिकरण नियन्त्रकको कार्यलय, सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दुरसञ्चार प्राधिकरण, ईन्टरनेट सेवा प्रदायक संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श जस्ता राष्ट्रिय तथा ASOCIO र WITSA जस्ता अन्तराष्ट्रिय संस्थाहरुले सहयोग पु¥याएका छन् ।

can info2

शिर्ष प्रायोजक सुबिसु केवलनेट प्रा. लि. ले “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मार्फत फाईबर ईन्टरनेट सेवालाई घरेलु प्रयोजनका लागि सर्वसाधारणको पहुँचमा पु¥याउने लक्ष्यका साथ सुविसु केवलनेटले विशेष योजनाहरु प्रस्तुत् गर्ने तयारी गरेको छ भने ईन्टरनेट र डिजीटल टि.भि. तथा ईन्टरप्राईज सेवाहरु प्रस्तुत तथा उक्त सेवामा आकर्षक योजना समेत ल्याउने भएको छ ।

can info5 यस पटकको प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट विशेष छुट सहितको प्याकेज उपलब्ध गराईनेछ भने टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आउंदैछन ।

बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनिसहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध हुनेछ तथा नयाँ नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट तथा अन्य उपकरणहरु यस प्रदर्शनीमा उपलब्ध हुनेछन् । त्यस्तै हाल उपलब्ध सफ्टवेयरहरुमा नयाँ भर्जन सहितको अपडेट मोडल उपलब्ध हुनका सथ साथै नयाँ कम्पनी तथा उत्पादनहरुको समेत थालनी यसै प्रदर्शनी मार्फत हुने भएको छ ।

यस सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे मा Smart Technology को प्रबद्र्धनमा जोड दिनुको साथसाथै देशमा Digitalizationको विस्तार गर्ने उद्देश्य सहित e-Governance, e-Tourism, e-Health, e- Agriculture तथा अन्य अवधारणाको विकासमा टेवा पुग्ने  आशा लिएको क्यानले जनाएको छ  । साथ साथै सुचना तथा संचार प्रविधिमा पछिल्लो समयमा भएका विकास तथा सेवाहरुमा सर्वसाधारणको पहुच तथा जनचेतना अभिवृद्धि गर्ने विभिन्न किसिमका कार्यक्रम तथा सामाग्रीहरु प्रदर्शनीमा उपलब्ध हुनेछन । यस प्रदर्शनीको आकर्शणको रुपमा सुचना तथा संचार प्रविधिमा आधारीत Electronic Security का अत्याधुनिक उपकरण तथा सेवा उपलब्ध हुनेछन ।

can info3

ईन्फोटेक २०१६  को अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीहरुलाई रु ५० तोकिएको छ । २०७२ माघ १७ गते आईतबारलाई ‘विजनेश डे’ को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क रु १०० तोकिएको छ । उक्त दिन विषेश गरी Business Houses हरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्षरुपमा Business Deal गर्न सकिने महासचिब बिस्व बलामीले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

CAN infotech

“सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन हुवावे को अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आम जनमानस माझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मा अनलाईन टिकटको व्यवस्था मिलाईएको छ भने सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरीएको क्यानले जानकारी दिएको छ  ।

अनलाइन टिकट खरिद २०७२ माघ १२ गते देखि can.org.np वा caninfotech.org.np मा लग अन गरी खरीद गर्न सकिने व्यवस्था मिलाईएको छ । उक्त कार्य एफ.वान.सफ्ट ईन्टरनेशनल र ई–सेवासँगको सहकार्यबाट गरिएको हो ।

can info7 इभेन्टको भिडियो लाइभ स्ट्रिमिङ

यस वर्ष “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” को Live Video Streaming २०७२ माघ १५ गते देखि २० गते सम्म www.can.org.np मा वा www.caninfotech.org.np मा लग अन गरी हेर्न सकिने व्यवस्था मिलाईएको छ । उक्त कार्य स्टर नेट प्रा.लि सँगको सहकायबाट गरिएको हो ।

क्यान ईन्फोटेक २०१६ मा प्रदर्शनी गरिने सामानहरु तथा सेवाहरुका विषयमा जानकारी एस.एम.एस.बाट पनि प्राप्त गर्न सकिने छ । यसको लागि आफ्नो मोबाईलको म्यासेज बक्समा गएर क्यान स्पेस आफूले खरीद गर्न चाहेको सामान वा ब्रान्डको नाम वा सर्भिसको नाम टाईप गरी ५००१ मा पठाउनु पर्नेछ । त्यसैगरि प्रदर्शनीको अवधिभर हरेक दिन लक्की ड्रको समेत व्यवस्था गरिएको छ । यसका लागि CAN<space> <ticket number> 5001 मा SMS गरि पठाउनुपर्नेछ ।

can info6

सिसिटिभीबाट सुरक्षा

प्रदर्शनीस्थलको सुरक्षालाई ध्यानमा राखि प्रुडेन्सियल इन्स्योरेन्सको तर्फबाट एकमुष्ठ बीमाको व्यवस्था गरिएको छ । प्रदर्शनीस्थल तथा परिसर सीसीटीभीको माध्यमबाट क्यामेराको निगरानीमा रहनेछ भने सुरक्षा गार्ड र स्वयंसेवकको तर्फबाट आवश्यक सेवा र सहयोग उपलब्ध गराउने ब्यवस्था मिलाईएको छ ।

एक्स्पोमै एटिएम सेवा

सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे को यस संस्करणको अफिसियल बैक सेन्चुरी बैंकले “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” को टिकट काउन्टरको व्यवस्थापन समेत गर्नेछ । साथै सेन्चुरी बैंककोे ए.टि.एम. सुबिधा समेत प्रदर्शनी स्थलमा रहेकोले अवलोकन कर्ताहरुलाई पैसा बोक्ने झन्झट कम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?