Breaking News

यसरी सेटिङ हुन्छ अमेरिकाको पर्यटक भिसा

Feb Tue 2020 05:40:56

467 views

यसरी सेटिङ हुन्छ अमेरिकाको पर्यटक भिसा

(सम्पूर्ण आन्तरिक प्रकृया सहित)

के तपाईलाई विश्वमा रहेका २ सय २० वटा अमेरिकी दूतावास र कन्सुलेटहरुले पर्यटक लगायतका गैर आप्रवासी भिसाहरु कसी जारी गर्छन् भन्ने प्रकृयाकाबारे थाहा छ ? छैन भने त्यस्तो प्रकृयाबारे हामी तपाईलाई विज्ञ बनाउँदैछौं ।

बी वान बी टु लगायतका गैर आप्रवासी भिसाका लागि सबैभन्दा पहिले आवेदकले अनलाइनमार्फत आवेदन दिनुपर्छ । यो नै पहिलो चरण हो । यो चरणका बारेमा भिसाका लागि आवेदनदिने सबै आवेदकहरु विज्ञ नै छन् ।

दोश्रो चरणमा आवेदकका लागि दूतावास वा कन्सुलेट कार्यालयमा अन्तरवार्ताको मिति तय गरिन्छ । यही चरणमा आवेदकले भिसा शुल्क पनि बुझायसरी जारी हुन्छ अमेरिकाको पर्यटक भिसा (सम्पूर्ण आन्तरिक प्रकृया सहित)उनुपर्छ । विश्वका ६ वटा देशमा आवेदकले औंठाछाप दिनका लागि छुट्टै ठाउमा अप्वाइन्टमेन्ट तय गर्नुपर्ने भएपनि नेपाल लगायतका अधिकांश देशमा भने अन्तरवार्ताकै बेलामा औंठाछाप लिइन्छ ।

तेश्रो चरणमा आवेदक अन्तरवार्ताका लागि दूतावास वा कन्सुलेटमा उपस्थीत हुनुपर्छ । त्यसक्रममा आवेदकको औंठाछाप र पूरै अनुहारको तस्विर लिइन्छ । यो लिने अधिकारी स्पष्ट रुपमा अमेरिकी नागरिक हुन्छन् । त्यसपछिको चरणमा कन्सुलर अधिकारीले आवेदकको अन्तरवार्ता लिन्छन् र कागजातहरु अवलोकन गर्छन् ।

अन्तरवार्ता लिइरहदा र कागजातहरु अवलोकन गरिरहदा कन्सुलर अधिकारीले त्यो भन्दा पनि महत्वपूर्ण अर्को काम समेत गरिरहेका हुन्छन् । अमेरिकी सरकारले तयार गरेको विभिन्न खालका डाटाबेसहरुमा कन्सुलर अधिकारीले आवेदकको नाम, औंठाछाप र तस्विर भिडाउँछन् ।

यसरी भिंडाउँदा अमेरिकी सरकारसँग भएका डाटाहरुमा आवेदकको नाम, तस्विर वा औंठाछाप मिलेमा कुन आधारमा मिलेको छ त्यसै आधारमा आवेदकको भिसा अस्वीकार गरिन्छ । त्यो प्रणालीमा उत्तिर्ण हुनेलाई कन्सुलर अधिकारीले बाँकी कागजात र अन्तरवार्ताका आधारमा भिसा जारी गर्ने निर्णय गर्छन् । डाटाबेसमा भिडाउँदा कुनै समस्या नभएपनि कन्सुलर अधिकारीले अरु कागजात र अन्तरवार्ताका आधारमा भिसा अस्वीकार गर्न सक्छन् । भिसा अस्वीकार गरेमा अस्वीकार हुनुको कारणसहित पासपोर्ट फिर्ता दिइन्छ । भिसा पाउने भएमा कन्सुलर अधिकारीले पासपोर्ट राख्छन् र भिसा प्रिन्ट गरेर पासपोर्टमा टाँसेपछि केही दिनमा पासपोर्ट आवेदकलाई फिर्ता दिइन्छ ।

यदि डाटाबेसमा भिडाउने क्रममा थप आशंका लागेमा त्यस्ता आवेदकहरुलाई प्रशासकीय प्रकृया वा फ्रड आशंकामा लगिन्छ । प्रशासकीय प्रकृयामा लगिएका आवेदनहरुउपर अधिकारीहरुले पृष्ठभूमी परिक्षणका थप अनुसन्धानहरु गर्छन् वा आवेदकसँग थप कागजातको माग गर्छन् । फ्रडको आशंकामा लगिएका आवेदनहरुउपर भने फ्रड नियन्त्रण युनिटले पेश गरिएका कागजातबारे थप अनुसन्धान गर्नुका साथै आवेदकको थप पृष्ठभूमी परिक्षण समेत गर्छन् । त्यसपछि कतिपयलाई भिसा जारी गरिन्छ भने कतिपयको भिसा अस्वीकृत हुन्छ ।

अमेरिकी संसदको लागि काम गर्ने युएस गभर्मेन्ट एकाउन्टिबिलिटी कार्यालयले आर्थिक वर्ष २०१५ को रिपोर्ट जारी गर्दै गैर आप्रवासी भिसाका प्रकृयाका सन्दर्भमा तयार पारेको तस्विर यस्तो छ । 


-खसोखास / न्युयोर्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?