Breaking News

जलविद्युत् विकास कम्पनीको ५०० कित्ता भर्नेले ५६ कित्ता शेयर पर्यो विस्तृतमा...

Feb Tue 2020 05:40:29

319 views

जलविद्युत् विकास कम्पनीको ५०० कित्ता भर्नेले ५६ कित्ता शेयर पर्यो विस्तृतमा...

जलविद्युत् लगानी तथा विकास कम्पनीले बुधवार साधारण सेयर बाँडफाँड गरेको छ । कम्पनीको सेयरका लागि न्युनतम ५० कित्तादेखि ८० कित्तासम्म आवेदन दिनेले जनही १० कित्ता शेयर प्रदान गरेको जनाएको छ । जलबिद्युत लगानी तथा विकास कम्पनीको ९० देखि ५ सय कित्तासम्म शेयर आवेदन दिने निवेदक मध्ये ११ दशमलव ४ प्रतिशतका दरले शेयर बाँडफाँड गरेको छ । त्यसै गरी कम्पनीले ५ सय कित्ता भन्दा बढी शेयर भर्नेलाई २ दशमलव ९ प्रतिशतका दरले सेयर प्रदान गरेको जनाएको छ ।

jal-final1 कम्पनीले सय १०० शेयर भर्नेले १२ कित्ता प्रदान गरेको छ भने ५०० कित्ता भर्नेले ५६ कित्ता शेयर प्रदान गरेको जनाएको छ । छन् । त्यर्सैगरी ५ सय कित्ता भन्दा बढी शेयर भर्नेलाई २ दशमलव ९ प्रतिशतका दरले सेयर प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीले दुई अर्ब रुपैयाँको साधारण सेयर निष्काशन गरेकोमा ४३ अर्ब रुपैयाँको आवेदन परेको थियो । जलविद्युत् लगानी तथा विकास कम्पनीले सेयरमा आवेदन दिएका मध्ये सबैभन्दा धेरै पाउनेले १० लाख १३ हजार सात सय २६ कित्ता सेयर प्रदान गरेको छ । ५० लाख कित्ता आवेदन दिनेले यही अनुपातमा शेयर पाएका छन । जस मध्ये ७ जनाले ५० लाख कित्ता आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीको सेयर निश्काषन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष, एनएमबी क्यापिटल र एनसिएम मर्चेन्ट रहेका थिए । कम्पनीको सेयरमा तीनलाख चारहजार ६ सय ५२ जनाले सेयरमा आवेदन दिएका थिए । यसमा ६ सामूहिक लगानी कोष कम्पनी रहेको छन । कम्पनीको कुल शेयर आवेदक मध्ये ५सय ३४ जनाको आवेदन रद्ध गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?