Breaking News

अव मेहन्दी घसिराख्नु पर्दैन, सेतो कपाल कालो बनाउने घरेलु उपाए यस्तो

Feb Wed 2020 02:40:32

584 views

अव मेहन्दी घसिराख्नु पर्दैन, सेतो कपाल कालो बनाउने घरेलु उपाए यस्तो

छोटो उमेरमा नै कपाल फुल्ने समस्याले अधिकांशलाई सताइरहेको हुन्छ। तर, सेतो कपाललाई अझ बढि सेतो हुन नदिन साथै कालो बनाउने उपायहरू हाम्रै घरमा नै हुन्छन्।

हेरौँ, सेतो कपालको समस्यालाई रोक्ने घरेलु उपायहरूः

– चियापत्ती

१ लिटर पानीमा २ चम्चा चियापत्ती राखेर उमाल्नुहोस्। मनतातो भएपछि त्यस पानीलाई छानेर त्यसैले कपाल धुनुहोस्। यसपछि स्याम्पूको प्रयोग नगर्नुहोस्। – निबुवा

शुद्ध नरीवल तेलमा थोरै निबुवाको रस मिसाएर एकछिन उमाल्नुहोस्। नुहाउनुभन्दा १० मिनेट पहिला यस तेलले कपालको मालिस गर्नुहोस्। – अदुवा

अदुवालाई पिसेर त्यसमा दूध मिसाई गाढा पेस्ट बनाउनुहोस्। यो पेस्टलाई कपालमा लगाउनुहोस्। १० मिनेटपछि सादा पानीले धुनुहोस्। यो विधि हप्तामा १ चोटि गर्नुहोस्। – अमला

बदामको तेलमा अमलाको रस मिसाउनुहोस्। यस तेलले दैनिक कपालको मालिस गर्नुहोस्। – कफी

कालो चियापत्ती वा कफीलाई १० मिनेटसम्म चिसो पानीमा भिजाउनुहोस्। सो पानीलाई छानेर त्यसले कपाल धुनुहोस्। यसले कपालको रङ्गलाई गाढा बनाउन मद्दत गर्दछ। यो विधि २ दिनमा १ चोटि अपनाउनुहोस्। – दही

मेहेन्दी पाउडर र दही बराबर मात्रामा मिसाएर कपालको मसाज गर्नुहोस्। हप्तामा १ चोटि यो उपाय अपनाउनुहोस्। -गाईको दूध

हप्तामा एकचोटी गाईको काँचो दूधले कपालको मसाज गर्नुहोस्। मसाज पछि मनतातो पानीले कपाल धुनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?