Breaking News

सहस्रधारा सहकारी सामाजिक सेवामा : रक्तदानमार्फत आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै

Feb Tue 2020 05:40:25

288 views

सहस्रधारा सहकारी सामाजिक सेवामा : रक्तदानमार्फत आफ्नो सामाजिक उत्तरदायित्व पूरा  गर्दै

नयाँ बानेश्वरस्थित सहस्रधारा वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आठौं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ९ वर्षदेखि सानो पुँजीलाई एकीकृत गर्दै साना लगानीकर्तालाई बित्तिय क्षेत्रमा प्रोत्साहन गरिरहेको सहस्रधारा सहकारीले आफ्नो नवौ वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रम संस्थापक उपाध्यक्ष रञ्जन कुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने रक्तदान कार्यक्रममा ७१ जनाको सहभागीता रहेको थियो । बित्तिय सेवामा सबैको पहुँचका लागि सेवा पुर्याउँदै आएको सहस्रधाराले रक्तदानसँगै अन्य सामाजिक कार्यक्रम पनि गर्दै आएको सो सहकारीका सचीव गणेश खड्काले बताए । हामी सपना होइन सहकारी सेवा प्रयोगमार्फत निम्न वर्गका जीनस्तरलाई माथि ल्याउने काममा सहयोग पुर्याउदै सामाजिक कार्यमा पनि निरन्तर लागिरहेनेछौं खड्काले भने । सहस्रधारा सहकारीले जस्तै अन्य सहकारीले पनि रक्तदानजस्ता सामाजिक कार्यलाई अगाडी बढाई आफ्नो सामाजिक दायित्व पूरा गर्न सके साँच्चै सामाजिक विकासमा टेवा पुग्ने थियो ।blood donatesahakari sahasradhara

op

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?