Breaking News

‘वर्डक्याम्प नेपाल २०१५’ नोभेम्बर २१, मंसीर ५ गते

Feb Tue 2020 05:40:38

586 views

‘वर्डक्याम्प नेपाल २०१५’ नोभेम्बर २१, मंसीर ५ गते

जावलाखेल ललितपुरको स्टाफ कलेजमा भोलि अर्थात् मङ्सिरwordcamp logo ५ गते  हुन गईरहेको “वर्डक्याम्प  नेपाल २०१५ ” को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ |

वर्डप्रेस सम्बन्धि अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम बिगत ४ बर्ष देखि हरेक बर्ष नेपालमा हुदै आएको छ | वेबसाइट बनाउन सजिलो, छिटो र भरपर्दो CMS मानिएको वर्डप्रेसको प्रयोगकर्ता बढ्दै गईरहेका छन् | वर्डप्रेस नेपाल २०१५ मा सहभागी हुन विभिन्न देशबाट सहभागी हरु आउने काम भै सकेको आयोजकले जनाएको छ |

Auttomatic, Bluehost , WPML लगायत का  बिदेशी कम्पनी हरुका प्रतिनिधि समेत आइसकेको जनाएको छ |  कार्यक्रम स्थलमा सहभागी हरुको सुबिधाको लागि व्यवस्थित पार्किङ स्थल, गुणस्तरीय इन्टरनेट सुबिधा, राम्रो खाजा तथा खाना, लगायतको सम्पूर्ण तयारी पुरा भएको छ | बिहान ९ बजे सुरु हुने कार्यक्रम साझ ५ बजे समापन हुने छ |

संसारको प्रख्यात वेबसाइट बनाउने र सित्तैमा पाइने सफ्टवेर ‘वर्डप्रेस’ सम्वन्धि एक दिने सेमिनार कार्यक्रम ‘वर्ड क्याम्प नेपाल २०१५’ को आयोजना  मंसिर ५ गते आइतबार (नोभेम्बर २१) का दिन हुने भएको छ ।

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह वर्डप्रेस नेपालद्धारा नेपालमा वर्डक्याम्प पहिलोपटक आयोजना भई प्रत्येक वर्ष आयोजना हुदै आएको छ ।

झण्डै ५ मा १ वटा विश्वका वेबसाईटहरु वर्डप्रेसले चल्छन् । यस संस्करणको वर्डक्याम्प जावलाखेलको स्टाफ कलेजमा हुनेछ । उक्त कलेजको २ ओटा हलहरु मध्ये एउटामा व्यवहारिक कार्यशाला र अर्कोमा सामुहिक छलफल र विभिन्न बिषयहरुमा बिज्ञहरु द्वारा प्रस्तुतीकरण हुनेछन । कार्यक्रम वर्डप्रेस मा व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति÷कम्पनि, सूचना प्रबिधि का बिधार्थी तथा वर्डप्रेस संग सम्वन्धित व्यक्ति हरु संग समन्ध निर्माणको लागि उपयुक्त हुने आयोजक कमिटीका सुवास खड्काले दिए ।

कार्यक्रममा २०० जनाभन्दा बढीको सहभागिता रहने छ । कार्यक्रममालाई वर्डप्रेसमा काम गरेर सफल विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले प्रयोजन गरेका छन् । कार्यक्रममा नेपालका अनुभवी वर्डप्रेस विज्ञहरु, साथै केहि विदेशी ख्यातिप्राप्त कम्पनीका वर्डप्रेस विज्ञले समेत अनुभव बाड्ने र विभिन्न बिषयमा प्रस्तुती दिने जानकारी पनि खड्काले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?