Breaking News

कोरियन भाषा परीक्षाका २१ केन्द्र कहा ? सूचीसहित

Feb Tue 2020 05:40:47

810 views

कोरियन भाषा परीक्षाका २१ केन्द्र कहा ? सूचीसहित

काठमाडौं । आगामी असारको ४ र ५ गते हुने कोरियन भाषा परीक्षाका लागि परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ । इपीएस कोरिया शाखाले परीक्षार्थीको सेम्बोल नम्बर अनुसार २१ वटा परीक्षा केन्द्र तोकेको छ ।

काठमाडौंमा १८ वटा केन्द्हरु तोकिएका छन् भने पोखरामा ३ वटा केन्द्र राखिएका छन् । परीक्षा सञ्चालनको अवलोकन गर्न कोरियाबाट ५० जना सरकारी अधिकारी आउनेछन् । उनीहरु विभिन्न परीक्षा केन्न्द्रमा पुगेर अनुगमन गर्नेछन् ।

सबै केन्द्रमा दुबै दिन परीक्षा दुई सिफ्ट सञ्चालन हुनेछन् । पहिलो सिफ्टको लागी विहान ८ः३० बजे र दोश्रो सिˆटका लागी दिनको १२ः३० बजेसम्म परीक्षा हलभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

परीक्षाका लागि आवेदन दर्ता गर्दा पेश गरेको राहदानीको सक्कल र प्रवेशपत्रको सक्कल लिई आउनु पर्नेछ । यी सक्कल कागजात विना परीक्षामा समावेश नगराइने भएको छ ।

परीक्षाका अवधिभर आवेदकलाई शौचालय जान तथा परीक्षा सिध्याएपनि परीक्षा हल छोड्न अनुमति नदिइने शाखाले जनाएको छ ।

परीक्षामा सहभागी हुन आउँदा मोवाइल फोन तथा अन्य विद्युतीय उपकरणहरु वा पुस्तक, चिट आदी नलिई आउन अनुरोध गरिएको छ । परीक्षामा अनुचित कार्यगर्नेलाई निष्काशनसम्म गरिनेछ ।

को परीक्षार्थी कहाँ परे ? सूची हेर्नुस् seatplan_topik-VII-1seatplan_topik-VII-2seatplan_topik-VII-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?