Breaking News

कालो धनले सेयर बजार साताभरी दोहोरो अंकले झर्‍यो

Feb Tue 2020 05:40:22

288 views

कालो धनले सेयर बजार साताभरी दोहोरो अंकले झर्‍यो

काठमाडौं । अघिल्लो बिहीबारबाट घट्न थालेको सेयर बजार यो साताभरी नै रातो भयो । बैंक तथा वित्तीय संस्थाहरुले उच्च नाफासहितको वासलात सार्वजनिक गरिरहेका बेला सेयर बजार उच्चतम बिन्दु १८८१.४५ अंकबाट निरन्तर झरिरहेको छ । साताभरी बजार मात्र घटेन कारोबार रकममा पनि गिरावट आयो । बजार निरन्तर घट्न थालेपछि लगानीकर्ताहरुले सामाजिक सञ्जालका विभिन्न फोरमहरुमा बजारले बिहीबार पनि ओर्लिएर १८०० अंक छोए केही समयसम्म 'टेवा' नपाउने प्रतिकृया दिन थालिसकेका छन् । बजारका बारेमा सामाजिक सञ्जालमा टिप्पणी गरिरहने एक लगानीकर्ता रोहन शर्माले लेखेका छन्- आजभन्दा ठिक २ महिना पहिले जब नेप्सेले १५०० को बिन्दु पार गरेर अघि बढ्यो, ठिक त्यही समयमा सबैतिरबाट बजारको बृद्धीमा प्रहार भयो । बजारलाई तल झार्ने ठुलो प्रयास भयो। ब्रोकरहरु पनि बजारका बारेमा निरन्तर 'अफवाह' फैलाएका कारण ओरालो लागेको बताउँछन् । पछिल्लो समयमा सरकार परिवर्तनसँगै 'सेयर बजारमा कालो धन छिरेको' हल्लाले सेयर बजारलाई वढि प्रभावित गरेको बताउँछन् । 'नेप्सेले १५०० अंक छोएसँगै धितोपत्र वोर्डबाट लगानीकर्तालाई सचेत हुन बारम्बार आग्रह गरियो' ती ब्रोकरले भने, 'बढ्दो बजारको जोखिमका बारेमा वोर्डले सकारात्मक हिसावले नै लगानीकर्तालाई सचेत गराउन खोजे पनि उनीहरु त्यसलाई वेवास्ता गर्दै अगाडि वढे ।' उनका अनुसार, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मार्जिन लेन्डिङमा खासै कडाइ नगरेपछि लगानीकर्ताहरु उत्साहित बने । 'तर कालोधनको हल्लाले भने ठूला लगानीकर्तालाई त्रसित नै बनाएको देखियो' उनले भने । कालोधनको अनुसन्धान गर्न धितोपत्र वोर्डले कार्यकारी निर्देशक परिष्ट पौडेलको संयोजकत्वमा समिति नै गठन गरेको छ । समितिको सदस्यमा अर्थमन्त्रालय, सम्पति सुद्धिकरण विभाग र राजश्व प्रशासनका कर्मचारीहरु पनि छन् । ठूला लगानीकर्ताको पैसामा अनुसन्धान हुने भएपछि बजार प्रभावित हुन थालेको व्रोकरहरु बताउँछन् । 'बजार थप/घट हुनु ठूलो कुरो होइन । तर यहाँ कारोबार रकम नै दैनिक घट्न थालेको छ' ती ब्रोकरले भने, 'लगानीकर्ताले १० लाख रुपैयाँभन्दा कमका दरले सेयर खरीद बिक्रि गरिरहेका छन् । बल्कमा लगानी गर्न खोज्ने निरुत्साहित भएर बजार र कारोबार दुबै घटेको हो ।' यो साताभरी नै सेयर बजार दोहोरो अंकले घट्यो । बित्तीय क्षेत्रको सेयर मूल्य निरन्तर प्रभावित भयो । छिटपुट रुपमा केही उपसुचक हरियो बनेपनि पछिल्लो दुई दिनमा बजार पुरै रातो भएको छ । 'बित्तीय क्षेत्रको राम्रो वासलात आएका बेला बजार बढ्ने गरेको विगतको प्रबृत्ती छ' ती ब्रोकरले भने, 'तर गत साताको अन्तिमबाट कालोधनको हल्ला ब्यापक भएपछि सेयर बजारमा लगानीकर्ता निरुत्साहित भएका छन् ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?