Breaking News

सात लघुवित्तको शेयरमा लगानी गर्दा डुब्ने संभावना, हेर्नुहोस् कुन कुन सुरक्षित कम्पनी

Feb Tue 2020 05:40:29

571 views

सात लघुवित्तको शेयरमा लगानी गर्दा डुब्ने संभावना, हेर्नुहोस् कुन कुन सुरक्षित कम्पनी

लघुवित्त भन्दैमा आँखा चिम्लेर बढ्दो मूल्यमा तछाड मछाड गर्दै शेयर किनेर फुर्सदमा पछुताउने लगानीकर्ताहरुको होस् अब बिस्तारै खुल्न लागे जस्तो छ । संस्थागत सुशासन नभएर र निस्क्रिय कर्जा अनुपात १५ भन्दा माथि गएको नयाँ नेपाल लघुबित्त कम्पनीको शेयर मूल्य पनि लघुबित्तकै नाममा एक हजार पाँच सय पचास रुपैयाँ भन्दा माथि गएको छ । के सोचेर लगानीकर्ताहरु यो दुई करोडवाला कम्पनीको शेयर मूल्य यति धेरै तिर्न तयार भएका हुन ? चाखलाग्दो बिषय छ । भरखरै खुलेर बजारमा एक दुई लाख कित्ता शेयर छर्न भ्याएका अरु केही कम्पनीहरुको शेयर मूल्य पनि त्यति नै उचालिएको छ, जुन कम्पनीको कार्यालय र कार्य क्षेत्र ब्यवस्थित भएको छैन र जसका कर्मचारीहरु त्रैमासिक बित्तीय बिबरण समेत राम्रोसँग तयार पार्न अभ्यस्त भईसकेका छैनन् ।

 नेपाल ग्रामिण बिकास बैंक नामक अर्को एउटा कम्पनी छ जसको जगेडा कोष नै करोडौ घाटामा छ, उसको शेयर मूल्य केही दिन अघि सर्किट लागेर बढेको थियो । कुनै बस्तुगत आधारै छैन । नागबेली लघुवित्तको एक कित्ता शेयरलाई केही दिन अघि ३ हजार ८ सय भन्दा बढी मूल्य हालेर किन्नेहरुले अब आफ्नो लगानी उठाउँन कति बर्ष लाग्ने हो निश्चित छैन भने कालिका माईक्रोको एक कित्ता शेयर एक हजार ७ सय ५० मूल्य तिर्नेले अब अर्को बर्ष केही लाभांश र हकप्रद देला कि भन्ने आश गरेर बस्नु बाहेक अर्को बिकल्प छैन किनभने संस्थागत सुशासनमा सुधार भएन भने यस बर्ष जस्तै अर्को बर्ष पनि उसले प्रस्ताब गरेको लाभांश राष्ट्र बैंकले रोकिदिनसक्छ ।

नयाँ लघुबित्तहरुको सर्वसाधारणमा जारी भएका केही हजार कित्ता शेयरमा चलखेल गरेर मूल्य उचाली आकाशमा पुर्याए पनि त्यस्ता कम्पनी भरपर्दा छैनन् भन्ने स्पष्ट देखिएको छ । आज राम्रो कमाई गरेको कम्पनी भोलि नयाँ नेपाल लघुबित्त जस्तै निस्क्रिय कर्जाको भारी बोकेर नियमनकारी निकायको कारबाहीको दायरामा गयो भने तपाईको लगानी गएन त खेर ? त्यसैले लघुबित्त क्षेत्रका कम्पनीहरुको शेयरमा लगानी गर्ने भए सबैभन्दा बलिया र सुरक्षित कम्पनी नै खोज्नु बेश ।

किन जोखिम बढी छ लघुबित्तमा ? लघुबित्त कम्पनीहरुले थोरै पूँजी र सिमित कार्य क्षेत्र पाएर पनि नाफा धेरै कमाईरहेकोमा धेरै लगानीकर्तालाई आकर्षण गरेको हुनसक्छ तर बुझ्नुपर्ने कुरा के हो भने सबैभन्दा बढी जा्ेखिम यस्तै कम्पनीहरुमा छ ।

लघुवित्त कम्पनीहरुमा जोखिमका कारण

१. ऋणीमा प्रबाह गरिएको कर्जाको दोहोरोपना हुनाले एउटा ऋणी समस्यामा परेर कर्जा असुली भएन भने तीन, चार वटा संस्थाहरु एकैचोटी प्रभावित हुनसक्छन् ।

२. लघुबित्तहरुले महंगो ब्याजमा साहु महाजन जस्तै गरी कर्जा परिचालन गरिरहेकाले राष्ट्र बैंकले ब्याजदरमा सिमा तोक्यो भने आम्दानी ह्वात्तै घट्नसक्छ । ठूला लघुवित्तले १६ प्रतिशतसम्ममा कर्जा परिचालन गरिरहे पनि साना लघुवित्तको ब्यजादर २७ प्रतिशतसम्म रहेको छ ।

३. लघुवित्त संस्थाहरुबीच चर्को र अस्वस्थ प्रतिस्पर्धा सुरु भईसकेको छ । संख्यात्मक बृद्धिसँगै उनीहरुले ग्रामिण सदस्य तान्न गर्ने अस्वस्थ प्रतिस्पर्र्धाले कारोबारमा जोखिम बढाउँदै लगेको छ । एनजिओहरुलाई पनि राष्ट्र बैंकले लघुवित्त संस्थामा रुपान्तरण हुने अबसर दिएकाले अब लघुवित्तको संख्या ह्वात्तै बढेर गएको छ ।

४. कतिपय संस्थाहरुमा सुशासनको गंभीर समस्या समेत देखिएको र गाउँ गाउँमा गएर अनुगमन गर्ने संयन्त्र नभएकाले सबै कुरा बाहिर आउन सकेका छैनन् ।

५. उत्पादनमा भन्दा उपभोगमा लघुवित्त कर्जा परिचालन हुँदा ऋणीको कर्जा तिर्न सक्ने क्षमतामा ह्रास आए त्यसको असर कर्जा प्रबाह गर्न कम्पनीमा पर्ने नै छ ।

६. बाढी पहिरो, भुकम्प र नाकाबन्दीको असरबाट पनि यस्ता संस्थाहरु प्रभावित भईरहेका छन् ।

७. ठूला बाणिज्य बैंकहरुले लगानी गरेको लघुवित्तहरुको पूँजी लागत कम हुने र सस्तो ब्याजदरमा पनि कर्जा प्रबाह गर्नसक्ने क्षमता राख्छन् तर साना संस्थाहरुले अरु संस्थाबाट ल्याएको कर्जा पुनः सदस्यहरुमा प्रबाह गर्ने हुँदा चेपुवामा पर्ने संभावना हुन्छ ।

८. राष्ट्र बैंकले चुक्ता पूँजीको सिमा तोक्दा अहिले खुलेका एक दुई करोडका लघुबित्तहरुलाई मर्जमा जानुको विकल्प नहुनसक्छन् तर ठूला संस्थाहरु आबश्यक पूँजी पुर्याउँन आफै सक्षम छन् । जोेखिमको अबस्था पनि सानाामा भन्दा ठूलामा कम छ ।

यी हुन् सबैभन्दा सुरक्षित कम्पनी

शेयर बजारका सर्वसाधारण लगानीकर्ताको हितलाई ध्यानमा राखेर यहाँ सात वटा कम्पनीहरुको बारेमा बिशेष अध्ययन गर्न खोजिएको छ, जुन कम्पनीका शेयरमा लगानी गरे जोखिम कम र प्रतिफल राम्रो पाईने संभावना बढी छ ।

स्पष्टिकरणः मुक्तिनाथ बिकास बैंक राष्टिूयस्तरको बिकास बैंक हो । यसले सामान्य रुपमा बिकास बैंकको कारोबार गर्ने भए पनि लघुवित्तको कामलाई पनि उत्तिकै महत्वका साथ अगाडि बढाएकाले यसमा समाबेश गरिएको हो । उसले ५० लघुवित्त काउन्टर संचालन गरेर बिकास बैंकमा फड्को मारेको छ । किन यी सात कम्पनी ठीक ?

यी कम्पनीका मुख्य प्रबद्र्धकहरुको अबस्था, कम्पनीको बलियो र दरिलोपना, विगतमा दिएको लाभांश, कम निक्षेप लागत, देशब्यापी कार्यक्षेत्र र संजाल, बढी जोखिम बहन क्षमता भएकाले यी कम्पनीका शेयरमा लगानी गर्दा भबिष्यमा ढुक्कको प्रतिफल पाउन सकिन्छ ।

 कम्पनीका बिबरणहरु चालु आ. व. को दोस्रो त्रैमासिक प्रतिबेदनमा आधारित छन् । 

यी सात कम्पनीमा भएको लगानीसँग नेपाल राष्ट्र बैंक, ठूला बाणिज्य बैंक र कतिपय अन्र्तराष्ट्रिय संस्थाहरुकै प्रतिष्ठा जोडिएकाले अझै राम्रो प्रगति गर्नुपर्ने दबाबमा त्यसका ब्यवस्थापकहरु रहेका हुन्छन् । एक भन्दा बढी संगठित संस्थाका प्रतिनिधिहरु संचालक समितिमा रहेकाले नियन्त्रण र सन्तुलनको मजबुत अबस्था रहेको देखिन्छ । रुरल माईक्रोफाईनान्स जस्ता कम्पनीहरुको त निस्क्रिय कर्जा अनुपात नै सुन्य रहेकाले देशकै अर्थतन्त्र डाँवाडोल भएकोमा बाहेक अन्यथा मान्नुपर्ने अबस्था आउने देखिन्न । अन्य लघुवित्तहरुको हालत बिचार गर्दा नेरुडे र समिटको अबस्था मध्यमस्तरको रहेको देखिन्छ । तर यी बाहेकको अबस्था राम्रो हुन अझै धेरै समय लाग्ने पक्का छ ।

 यी सात कम्पनीहरुमा लगानी गर्नु कम जोखिमपूर्ण र दीर्घकालीन रुपमा राम्रो प्रतिफल पाउनसक्ने आधार यस प्रकार छन :

१. सरकार तथा ठूला बाणिज्य बैंकहरुले विपन्न बर्गमा परिचालन गर्ने कर्जा वापतको रकम यिनै संस्थाहरुमार्फत परिचालन गर्ने गरेको छ । यसका कारण निक्षेप लागत कम हुन गई सस्तोमा कर्जा परिचालन गर्दा पनि एकनासको आम्दानी गर्न सक्षम छन् ।

२. यी कम्पनीहरुको पूँजी तथा जगेडा कोषहरु धेरै हुनाले कर्जा असुलीमा समस्या आए पनि जोखिम बहन क्षमता राख्छन् । निस्क्रिय कर्जा अनुपात कतिपयको सून्य र अरुको न्युन हुँदा कमाउने रकमबाट २० प्रतिशत साधारण जगेडा कोषमा राखेर अरु बोनस र नगद लाभांशको रुपमा लगानीकर्तालाई वितरण गर्न सक्छन् ।

३. नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरुले साना तथा मझौला लघुवित्तहरुलाई बाध्यात्मक रुपमा मर्जमा जान वा आफै पूँजी थप्न निर्देशन गर्नसक्ने अबस्थाबाट पर्नसक्ने प्रभावबाट यी सात कम्पनीहरु मध्ये अधिकांश मुक्त छन् । उनीहरुले आफै बोनस शेयर जारी गरेर आबश्यक पूँजी बढाउँदै लैजान सक्षम छन् ।

४. राष्ट्रब्यापी कार्य क्षेत्र र संजाल भएकाले धेरै सदस्य बनाएर धेरै ब्यापार गर्नसक्छन् । मूल्य आम्दानी अनुपात र प्रतिशेयर नेटवर्थको आधारमा हेर्दा पनि यी सात कम्पनी कम जोखिमपूर्ण देखिन्छन् ।

५. सस्तो निक्षेप लागत भएकाले सस्तो ब्याज दरमा धेरै कर्जा परिचालन गरेर धेरै कमाउँन सक्छन् । राष्ट्र बैंकले कर्जा परिचालन ब्याजदरमा अंकुश लगायो भने पनि यी सात कम्पनीहरुको आम्दानीमा खासै संकुचन आउँदैन ।

६. बिगतका बर्षहरुमा यी सात कम्पनीहरुले दिदै आएको प्रतिफल आकर्षक छ ।

७. अनुभवी र सक्षम जनशक्ति भएकाले यी कम्पनीहरुको कार्यसम्पादन तथा संस्थागत सुशासन भरपर्दो देखिन्छ ।

८ . अन्य लघुबित्तहरुले सर्वसाधारणबाट प्रत्यक्ष रुपमा निक्षेप संकलन गर्न नपाए पनि मुक्तिनाथ बिकास बैंकले साधारण बैंकिड. पनि गर्ने र सर्वसाधारणबाट सस्तो ब्याजदरमा निक्षेप उठाउने हुँदा निक्षेप लागत कम छ ।

९. यी सात लघुवित्तहरु मध्ये आरएमडीसी र निर्धनमा बिदेशी साझेदारको समेत उल्लेखनीय स्वामित्व रहेकाले उनीहरुबाट प्राप्त हुने सहयोग र नियमनले महत्वपूर्ण स्थान राख्छ ।

आरएमडीसी र साना किसानले संस्थाहरुलाई थोक कर्जा दिने हुँदा उनीहरुको निस्क्रिय कर्जा अनुपात सुन्यको हाराहारीमा भएको हो र उनीहरुको कर्जा जोखिम अबस्था एकदम कम छ । त्यसैले यस्ता संस्थाको शेयर किन्दा डुबेर पछुताउनु पर्दैन । तर ख्याल गर्नुहोस् राम्रो कम्पनी भन्दैमा शेयर मूल्य धेरै उचालिएको बेला किन्नु चाँही राम्रो हैन, यसले सोचे जस्तो लाभ नहुनसक्छ । बलियो, राम्रो र सुरक्षित कम्पनीको शेयरमा लगानी गर्नुहोस्, भबिष्यमा ढुक्कको प्रतिफल प्राप्त गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?