Breaking News

नासाले पठाएको अन्तरिक्ष विमान बृहस्पतिको नजिक

Feb Tue 2020 05:40:59

358 views

नासाले पठाएको अन्तरिक्ष विमान बृहस्पतिको नजिक

नासाले पठाएको अन्तरिक्ष विमान सौर्य परिवारको सबैभन्दा ठूलो ग्रहको नजिकै पुगेको छ । यो विमान आज बृहस्पति ग्रहको अन्तरिक्षमा प्रवेश गर्नेछ । नासाले पठाएको विमान अहिले बृहस्पति ग्रहभन्दा करिब ४२ सय किलोमिटरको दूरीमा रहेको छ । साथै उक्त विमान दुई लाख आठ हजार प्रतिघण्टाको दरले घुमिरहेको छ । नासाले निर्माण गरेको जुनो अन्तरिक्ष विमान नासाले निर्माण गरेको आठौं अन्तरिक्ष विमान हो ।

juno-probe जुनो विमानमा जडान गरिएको क्यामेरा यो सञ्चालनमा आएदेखि अहिलेसम्म चालू अवस्थामा रहेको छ । नासाका अधिकारीहरुले अहिले सौर्यपरिवारको सबैभन्दा ठूलो ग्रहको रुपमा रहेको बृहस्पतिको विषयमा थप कुरा जान्ने ठूलो अवसरको रुपमा रहेको  बताएका छन् ।

गएको महिना बृहस्पति ग्रहको अक्षमा प्रवेश गरेको विमान अहिले बृहस्पतिको नजिकै पुगेको हो । वैज्ञानिकहरुको बृहस्पति ग्रहको विषयमा जान्ने यो ठूलो अवसर आएको बताएका छन् । बृहस्पतिको अध्ययनका लागि जुनो विमानलाई पाँच वर्षअघि बृहस्पति ग्रहतर्फ पठाइएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?