विण्डो सेटमा कल र ‘मेसेज ब्लक’ गर्न सेटिङमा गएर कल प्लस एसएमएस फिल्टर हुँदै ‘टम्र्स अफ युज एण्ड प्राइभेसी पोलिसी’ पार गर्दै ‘ब्लक कल’को स्विच अन गर्नुपर्छ । त्यसपछि फोन एपमा गएर त्यहाँ ब्लक गर्नुपर्ने नम्बर छनोट गरेर ‘ओके’ थिच्नुपर्छ ।
एचटीसीका फोनमा ‘कल ब्लक’ गर्न ‘फोन एप’ खोलेर ‘कल हिस्ट्री’ मा गई नम्बर छानी ‘ब्लक कन्ट्याक्ट वा ब्लक कलर’ थिच्नुपर्छ ।
एलजी फोनमा ‘फोन एप’ मा गएर सेलेक्ट मेनु-सेटिङ-कल रिजेक्ट-रिजेक्ट कल प|mम एण्ड एड नम्बरको विधि अपनाउन सकिन्छ ।
अधिकांश सामसङ सेटमा भने ‘फोन एप’ मा गई ‘लग’ खोल्नुपर्छ । त्यहाँ नम्बर छानी ‘मोर’ मा गई त्यहाँबाट ‘ब्लक सेटिङ’ मा जानुपर्छ । त्यहाँ तपाईंले कल र मेसेज दुईटै ‘ब्लक’ गर्न सकिन्छ । नम्बर तपाईंको ‘कन्ट्याक्ट’ मा छ भने ‘फोन एप’ मा गई ‘सेलेक्ट मोर’ बाट ‘सेटिङ’ हुँदै नम्बर ‘ब्लक’ गर्न सकिन्छ ।