Breaking News

​युवासंघको महिलालाई उद्यमशील बनाउने छलफल तथा अन्तरक्रिया कार्यक्रम

Feb Tue 2020 05:40:16

441 views

​युवासंघको महिलालाई उद्यमशील बनाउने छलफल तथा अन्तरक्रिया कार्यक्रम

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर युवा संघ नेपाल, महिला विभागले आर्थिक विकासमा महिला उद्यमशीलता विषयमा अन्तरक्रिया गरेको छ । महिलालाई आत्मनिर्भर बनाउने विभिन्न विकल्पबारे अन्तरक्रियामा छलफल भएको थियो ।  कार्यक्रममा पशुपंक्षीमन्त्री शान्ता मानवीले संगठनमा लागेर चन्दा उठाउने प्रबृत्तिको अन्त्य गरी उद्यमशीलता विकास गर्नु पर्ने वताइन् । आफ्नो ४५ वर्षे राजनीतिक जीवनको अनुभव सुनाउँदै मन्त्री मानवीले ईच्छाशक्ति र लगनशीलताले आत्मनिर्भरतामा पुर्याउने पनि वताइन् ।  उनले उत्पादन र ब्यवसायमा नलागेका युवाहरुको राजनीतिमा पनि भविश्य नहुने वताइन् । ‘व्यवसाय र उत्पादनमा नलागेका युवाहरुको राजनीतिमा  भविष्य हँुदैन’ मन्त्री मानवीले भनिन्, ‘युवाहरुलाई आत्मनिर्भर बनाउन कुषि र पुश पालनमै लगाउनुपर्छ ।’         youth  कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले राजनीतिक क्षेत्रका समस्या समाधान भइसकेकाले अव युवा शक्ति उत्पादन कार्यमा लाग्नु पर्ने वताए । कार्यक्रममा सौन्दर्य ब्यवसायी कमला श्रेष्ठले सौन्दर्य व्यवसायले ५ लाख युवालाई  रोजगारी दिएको वताइन् । उनले सौन्दर्य ब्यवसालाई सौदर्य विश्वविद्यालयका रुपमा बदल्नु पर्ने वताइन् । कार्यक्रममा नेपाल सरकारका सचिव यमकुमारी खतिवडाले अहिले महिलालाई राज्यले पनि प्राथमिकतामा राखेको वताउँदै कार्यान्वयनमा समस्या रहेको वताइन् ।  राष्ट्रिय योजना आयोगका सदस्य डा. सुमित्रा अमात्यले महिला लक्षित कार्यक्रम ल्याउने कुरामा योजना आयोगले ध्यान दिएको वताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?