Breaking News

गलको नेपालमा ‘आफ्नो भाषालाई माया गरौं’ अभियान

Feb Tue 2020 05:40:47

944 views

गलको नेपालमा ‘आफ्नो भाषालाई माया गरौं’ अभियान

इन्टरनेट जाइन्ट कम्पनी गुगलले उसको ट्रान्सलेट सेवामा नेपाली भाषालाई समृद्ध बनाउन ‘आफ्नो भाषालाई माया गरौं’ अभियान सुरु गरेको छ । यही सेप्टेम्बर २२ देखि ३० सम्म सञ्चालन हुने अभियानमा घरघरमा, वेवमा र संसारभरिका नेपाली वक्तालाई सहभागी गराएर अरु भाषासाग नेपाली भाषा अनुवाद गर्दा हुने गल्ती सुर्धान सघाउने गुगलले जनाएको छ । गुगलले अनलाइन नेपाली अनुवादको गुणस्तरमा सुधार गर्न नेपाली अनुवादकहरू, भाषा विशेषज्ञहरू, भाषाप्रेमीहरूलाई आमन्त्रण गरिरहेको छ । ‘नेपाली प्रयोगकर्ताको हातमा गुगलको उपकरणले देशका लागि, यहाँका मानिसहरूका लागि र नेपाली भाषाका लागि नेपालीमा उपयोगी वेब बनाउन मद्दत गर्ने छ,’ अभियान सुरुआत भएको घोषणा गर्न मंगलबार राजधानीमा आयोजित कार्यक्रममा गुगल एसिया प्यासिफिक, पब्लिक अफेयर र न्यु इमर्जिङ मार्केट्स कम्युनिकेसन्सकी एमी कुनरोज्पान्याले भनिन्, ‘सबै मिलेर हामीले नेपाली अनुवादनको गुणस्तर बृद्धि गर्न सक्ने छौं । यसले नेपाली भाषा र संस्कृतिको उन्नतिका साथै संरक्षण गर्न मद्दत गर्नेछ ।’ गुगलले अभियान अबधीमा ल्याङ्ग्वेज टेक्नोलोजी केन्द्रसाग मिलेर विभिन्न ४० भन्दा बढी शिक्षण सस्था, संघहरू र ब्यवसायीक संगठनमा ट्रान्सलेटाथन गर्ने छ । त्यस कार्यक्रममा सहभागी भएर हरेक नेपालीले आफ्नो भाषालाई गुगल ट्रान्सलेटमा सही रुपमा रुपान्तरण गर्न योगदान गर्न सक्ने छन् । गुगल ट्रान्सलेट संसारका विभिन्न ९० भाषालाई एक अर्कासाग अनुवाद गर्न सघाउाछ । मेसिनले अनुवाद गर्ने भएकाले त्यसलाई भाषाका शब्द र वाक्यांश चिन्न अभ्यस्त गराउनु पर्छ । हरेक नेपालीले यसमा सहभागी भएर मेसिनलाई नेपाली भाषामा अभ्यस्त गराउन सक्छन् । यसमा अभ्यास जस्तै सामग्री राखिएका हुन्छन् । नेपाली भाषाप्रेमीले त्यसमा गएर आफूले जानेको कुरा इनपुट दिन सक्छन् । यसका लागि translate.google.com/community मा गएर योगदान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?