Breaking News

अबको ३० वर्ष भित्रै मानिसलाई अमर गर्ने प्रविधि विकास हुने

Feb Wed 2020 02:40:29

575 views

अबको ३० वर्ष भित्रै मानिसलाई अमर गर्ने प्रविधि विकास हुने

गुगल सहित विश्वका ठुला कम्पनीहरु मानिसको जीवन कसरी लम्ब्याउन सकिन्छ भनी अनुसन्धान गर्दैछन्। सके सयौं नसके दसौं वर्ष भएपनि उमेर लम्ब्याउन वैज्ञानिहरुको खोज जारी छ।

यस्तैमा लण्डन स्थित ‘ह्युमाइ’ फर्म मरेका मानिसलाइ कृत्रिम बौद्धीकता (Artificial Intelligence -AI) को सहयोगले कसरी ब्युँताउन सकिन्छ भनि खोज गर्दैछन्।

humai firm developing immortal technology

यो प्रविधिको विवरण बाहिर आइसकेको छैन। तर योजना अनुसार मानिसको दिमागलाई फ्रिज गरि ‘पर्सनालिटी’ चिपमा सार्ने प्रविधिको विकास हुँदैछ।

ह्युमाइका संस्थापन जोस बोकानेग्रा मानिस जिउँदो बनाउने कार्यमा आफु गंभीर रहेको बताउँछन्। आउँदो ३० वर्षमा यो कार्य सम्भव हुनेमा उनी विश्वस्त छन।

immortal man with technology

कृत्रिम बौद्धीकता र न्यानोटेक्नोलोजीको मद्द्तले मानिसको बोल्ने शैली, व्यवहार, सोच्ने प्रक्रिया र मानिसको आन्तरिक शरिरले कसरी काम गर्छ भन्ने जानकारी पर्सनालिटी चिपमा सुरक्षित राख्ने योजनामा ह्युमाइले काम गरिरहेको छ।

यसरी जम्मा गरिएको मानिसको दिमागी डाटालाई ‘मल्टिपल सेन्सर टेक्नोलोजी’मा कोड गरिनेछ। जसलाई कृत्रिम रुपमा बनाइएको दिमाग सहितको मानिसको शरिरमा राखिनेछ।

यो प्रक्रियाको खर्च र मानिसको दिमाग कसरी भेट्ने भन्ने चुनौती भने छ। तर क्राइओनक्स (Cryonics) प्रविधिको मद्दतले मानिस मरिसकेपछि दिमाग जमाएर राख्न सकिने वैज्ञानिक बताउँछन्।

जब यो प्रविधि पुरा विकास हुन्छ तब दिमागलाई कृत्रिम शरिरमा प्रत्यारोपण गर्न सकिनेमा वैज्ञानिकहरु विश्वस्त छन्।

यस्तै एक अर्को प्रविधि ‘सिङ्गुलारिटी (Singularity)’ को नामले चिनिन्छ। जसमा मानिसको दिमागलाई कम्प्युटरमा अपलोड गरिन्छ र शरिर मेसिनको बनाइन्छ। यसले मानिसलाई चतुर र शारिरीक रुपमा पनि शक्तिशाली बनाउने विश्वास गरिएको छ। यो प्रविधि पनि अहिलेसम्म सिद्धान्तमा मात्र सिमित छ।

Google_s_director_of_engineering_and_colleague_of_Mr_Maris_Ray
गुगलका इन्जिनियरिङ निर्देशक रे क्रुजविल

गुगलका इन्जिनियरिङ निर्देशक रे क्रुजविल भविष्यवाणी गर्दै भन्छन्, ‘सन् २०४५ सम्म सिङ्गुलारिटी सम्भव भइसक्नेछ।’

कम्प्युटरको विकास मानिसकै दिमागको आधारमा हुदैँ आएको छ। मानिसको झै कम्प्युटरको सम्झने, निर्देशन दिने र काम भएनभएको थाहा पाउने प्रणाली हुन्छ। तर बिनाकुनै निर्देशन कम्प्युटर आफैले कुनै काम सुरु भने गर्न सक्दैन। मानिसको दिमागको काम र संरचनाको अझैसम्म रहस्य खुल्नसकेको छैन। मानिसको दिमागको बारेमा राम्रोसंग जानकारी नभइ मरेका मानिसको दिमागबाट उसको व्यवहार, बोल्ने र सोच्ने शैली कम्प्युटरमा अपलोड गर्न असम्भव नहोला तर अहिलै सम्भव भने देखिदैन। तर प्रविधिको द्रुत विकाससंगै मानिस अमर हुनसक्ने अवस्था चाडै आउनेमा भने आशावादी हुनसकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?