Breaking News

नोकियाको पहिलो स्मार्टफोन यस्तो विशेषतामा

Feb Tue 2020 05:40:28

381 views

नोकियाको पहिलो स्मार्टफोन यस्तो विशेषतामा

नोकियाले डि वान सी नामको आफ्नो पहिलो एन्ड्रोइड स्मार्टफोन लञ्च गर्ने बताइएको छ ।  नोकियाले यो स्मार्टफोनका दुई भर्सन एकसाथ ल्याउनेछ ।

नोकियाको डि वान सी एन्ड्रोइड फोनका दुई मेाडेल हुनेछन् । डिस्प्ले साइज, र्याम तथा क्यामरा दुबैमा फरक रहनेछन् । सानो मोडेलको फोनमा ५ इन्चको डिस्प्ले, २ जिबीको र्याम तथा १३ मेगापिक्सेलको ब्याक क्यामरा हुनेछ । त्यस्ता ठूलो भर्सनमा ५.५ इन्चको डिस्प्ले, ३ जिबीको र्याम तथा १६ मेगापिक्सेलको मुख्य क्यामरा हुनेछ ।

रिपोर्ट अनुसार नोकिया डिवान सीमा १.४ गिगाहर्जको स्नापड्रागन ४३० प्रोसेसरका साथै अडि्रनो ५०५ जिपियू हुनेछ । यसमा एन्ड्रोइडको सबैभन्दा पछिल्लो ७ नोगट अपरेटिंग सिस्टम रहेनछ ।

आगामी १० वर्षसम्मको लागि नोकियाको लाइसेन्स लिएको कम्पनी एचएमडी ग्लोबलले हालै घोषणा गरेको थियो की उसले ग्लोबल ब्राण्डको रुपमा नोकिया ब्राण्डलाई पुनः लञ्च गर्दैछ । सन् २०१७ को सुरुमै नोकिया ब्राण्डका स्मार्टफोन बजारमा पेश गर्ने र त्यो सँगै फिचर फोन पनि ल्याउने उसको भनाई छ । एजेन्सी

nokia-d1c-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?