Breaking News

सोसल मिडियामा फेक न्युज भाइरल हुनुको कारण यस्तो

Feb Tue 2020 05:40:42

599 views

सोसल मिडियामा फेक न्युज भाइरल हुनुको कारण यस्तो
पछिल्लो १० वर्षमा अंग्रेजीमा गरिएको ३० लाख मानिसका सवा लाख भन्दा धेरै टि्वटको गहन अध्ययन गरी यस्तो निष्कर्ष निकालिएकोहो । शोधकर्ताहरुका अनुसार झुटा तथा नक्कली समाचारमा तिव्र रुपमा फैलिने तागत हुन्छ । साइन्स जर्नलमा छापिएको यो रिपोर्ट यद्यपि टि्वटरमा फैलिने झुटमा मात्र केन्द्रित छ । तथापि वैज्ञानिकहरुले यो सिद्धान्त हरेक खाले सोसल मिडिया  प्टलेर्फमममा लागू हुने बताएका छन् । फेक न्यूज अर्थात् झुटा नक्कली समाचारका सम्बन्धमा गरिएको अहिलेसम्मकै ठूलो अध्ययनपश्चात् वैज्ञानिकहरु यस्तो निष्कर्षमा पुगेका छन् की झुटो खबर निकै तिव्र रुपमा र टाढा टाढा सम्म फैलिन्छ र त्यसको तुलनामा सत्य खबर चाहीँ टिक्न र फैलिन पाउँदैन । शोधकर्ताका अनुसार अफवाह फैलाउने वा त्यसमाथि विश्वास गर्नु सहज मानवीय स्वभावको हिस्सा हो । सोसल मिडियाले त्यसलाई नयाँ मञ्च उपलब्ध गराउँदछ ।   झुटा खबरहरु सत्य खबरको तुलनामा ६ गुणा तिव्र गतिमा फैलिन्छन् । व्यवसाय, आतंकवाद, युद्ध, विज्ञापन प्रविधि आदि क्षेत्रका झुटा खबरहरु तिनै तिव्र गतिमा फैलिन्छन् । तर राजनीतिसँग जोडिएका फर्जी खबरहरु सबैभन्दा सजिलै ट्रेन्डिङ हुन्छन् । अनुसन्धान ? यसअघि पनि फेक न्यूजका विषयमा अनुसन्धान भएका थिए जुन खास घटनामा केन्दि्रत थिए । उदाहरणका लागि कुनै बम विस्फोट तथा प्राकृतिक विपत्तिसँग जोडिएका समाचारका सन्दर्भमा । तर पछिल्लो अनुसन्धान सन् २००६ देखि २०१६ को पूरै एक दशकमा विश्वका विभिन्न देशका टि्वटर प्रयोगकर्ताले अंग्रेजीमा गरेका टि्वटरमा आधारित छ । यस हिसाबले यो निकै व्यापक अनुसन्धान हो । सत्यलाई परिभाषित गर्नु, त्यसको जाँच गर्नु आफैमा कठिन काम थियो । अनुसन्धानकर्ताहरुले यसका लागि फ्याक्ट चेक गर्ने विभिन्न साइटहरुको सहयोग लिए, जसमा स्नोप्स, पोलिटिकल फ्याक्ट तथा फ्याक्टचेक आदि छन् । ती साइटको मद्धतबाट सन् २००६ देखि २०१६ को बीच्का यस्ता सयौँ टि्वट निकालियो जो फर्जी थिए । तत् पश्चात ग्निपको सर्च इन्जिनको प्रयोग गरी ती फेक न्यूज कसरी फैलिए भन्ने हेरियो । त्यसप्रकारले उनीहरुले १ लाख २६ हजार टि्वट निकाले जसलाई ४५ लाख पटक रिटि्वट गरिएकेा थियो । त्यसमा केहीमा अन्य साइटका झुट खबरका लिंक थिए भने केहीमा लिंक विनाका झुटा खबरहरु थिए । शोधकर्ताहरुका अनुसार फेक न्यूजको निकै धेरै मानिससम्म पुग्दछ र धेरै ठूलो दायरामा फैलिन्छ । जबकी विश्वसनीय समाचार चाहीँ सिमित वर्गमा मात्र जान्छ । फेक न्यूज खाले मानिससम्म पुगेको हुन्छ । उदाहरणका लागि न्युयोर्क टाइम्सको कुनै समाचार एक हजार मानिससम्म पुग्दछ टि्वटर । तर त्यसपछि त्यो रिटि्वट हुने क्रम घट्दछ । तर फेक न्यूज चाहीँ कुनै अविश्वसनीय व्यक्तिले टि्वट गर्दछ, सानो समुहमा शेयर हुन्छ तर विस्तारै यसरी फैलिँदै जान्छ की त्यस्ता विश्वसनीय सञ्चार माध्यमका समाचार भन्दा धेरै रिटि्वट हुन्छ र फैलिन्छ । यस सन्दर्भमा शोधकर्ताहरुले एउटा उदाहरण दिएका छन् । एउटा समाचार आएको थियो की अमेरिकी राष्ट्रपति ट्रम्पले एक विरामी बच्चाको सहयोगका लागि आफ्नो निजी विमान दिएका थिए । त्यो समाचार साँचो थियो । तर त्यसलाई केवल १३ सयजना मानिसले रिटि्वट गरे । त्यस्तै अर्को खबर आयोः ट्रम्पका एकजना नातेदारले आफ्नो मृत्यु अघि लेखेका थिए की ट्रम्प राष्ट्रपति बन्नु हुँदैन । त्यो खबर वास्तवमा फर्जी थियो । तर त्यहीँ फर्जी समाचार ३८ हजार जनाले रिटि्वट गरे । शोधकर्ताहरुका अनुसार फेक न्यूज एक गम्भीर समस्या बनिरहेको छ । यससँग जुध्ने उपायको खोजी गर्नका लागि विश्वका अग्रणी संस्थाहरु गम्भीर हुनु पर्दछ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?