Breaking News

मध्यरातमा पेट्रोलको व्यापार (फोटोफिचर)

Feb Wed 2020 02:40:49

946 views

मध्यरातमा पेट्रोलको व्यापार (फोटोफिचर)

काठमाडौं – चीनबाट अनुदानमा आएको पेट्रोल विहिवारबाट बाढ्ने सरकारी सूचना सार्वजनिक भएलगत्तै वुधवार विहानैदेखि काठमाडौंका सबै पेट्रोलपम्पमा सवारीसाधनको लाइन शुरु भयो । विहिवार दिउँसोबाट पेट्रोलपम्पले पेट्रोल वितरण शुरु गरेका थिए । तर, पेट्रोल भर्नेको लाइन यति धेरै थियो कि मध्यरातसम्म पनि सर्वसाधरण खाई नखाई लाइनमा उभिएका थिए । डिएनएन फोटो पत्रकार अशोक दुलाल मध्यरातमा लाइन बसेका सर्वसाधरणका दु:ख खोज्दै थिए । लाइनमा बसेर मात्र पेट्रोल पाइने अबस्था पनि थिएन, त्यस अगाडि पम्पबाट कुपन लिन आबश्यक थियो । कुपन ल्याएकाले त पेट्रोल पाए, कुपन नलिइ लाइनमा बसेका भने मध्यरातमै पेट्रोल नभरी खाली सवारीसाधन लिएर घर फर्कन बाध्य भए । कुपन लिएका मोटरसाइकललाई पाँच लिटर पेट्रोल दिइएको थियो । यही पाँच लिटर पेट्रोल लिन सर्वसाधरण दुई दिनदेखि लाइनमा बसेका पनि भेटिए । सरकारले तिहारलाई लक्षित गरि विहिवारबाट तीन दिन नीजि सवारीसाधनलाई पेट्रोल दिने योजना बनाएको थियो । पेट्रोल भर्न राजधानीका सडकमा राखिएका सवारीसाधन र लाइन बसेका सर्वसाधरणलाई मध्यरातमा क्यामाराको लेन्सबाट हेर्दा यस्तो देखियो :

Petrol line night (2)Petrol line night (6)Petrol line night (8)Petrol line night (10)Petrol line night (11)Petrol line night (12)Petrol line night (15)Petrol line night (16)Petrol line night (23)Petrol line night (24)Petrol line night (25)Petrol line night (26)Petrol line night (28)Petrol line night (1)

- News & Photo Source: Ratopati.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?