Breaking News

साइवर Attack बिरुद्ध के नेपाल तयार छ, ह्‌याकरको निसानामा नेपाली बैंक र इन्टरनेट कम्पनीहरु

Feb Tue 2020 05:40:42

509 views

साइवर Attack  बिरुद्ध के नेपाल तयार छ, ह्‌याकरको निसानामा नेपाली बैंक र इन्टरनेट कम्पनीहरु

विश्वभरी नै भएको साइवर आक्रमणपछि आम सूचना प्रविधि प्रयोगकर्ताहरुमा साइवर सुरक्षाको ज्ञान हुन आवश्यक छ  र अहिले अर्को महत्वपूर्ण कुरा के छ भने विश्वभर रेनसमवेयरको अरु साइवर एट्याकहरु बढी आउने खतरा छ भनेर विशेषज्ञहरुले अनुमान पनि लगाएका छन् । रेनसमवेयर एक यस्तो प्रोग्राम हो, जसले कम्प्युटरको कुनैपनि फाइल लक गर्नसक्छ ।

नेपाल अहिले साइवर आक्रमणको खतरामा रहेको छ । इन्टरनेट र स्मार्टफोनको उच्च प्रयोगसँगै व्यक्तिगत सूचना र डाटाहरु चोरी हुने खतराहरु बढेर गएको छ नेपालमा । आफ्नै डाटा सेन्टरको प्रभावकारी व्यवस्थापन नहुँदा बाह्य कम्पनीको भरमा नेपालका सरकारी तथा निजी कम्पनीहरुले आफ्नो डाटा ब्याकअप गरिरहेका छन् । कस्ता सूचनाहरु सार्वजनिक गर्न हुने हो भन्ने ज्ञान नहुदा पनि नेपालमा साइवर सुरक्षाको चुनौती बढेर गएको देखिन्छ ।

सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने नेपालका टेलिसेवाप्रदायक कम्पनीहरु, बित्तिय संस्थाहरु, बैक फाइनान्स, रेमिट्यान्स कम्पनी र इन्टरनेट कम्पनीहरु अहिले ह्याकरको निशानामा रहेका साइवर सुरक्षा क्षेत्रमा काम गरिरहेका रिगो टेक्नोलोजीका प्रमुख प्राविधिक अधिकृत विजय लिम्बुले बताए । कम्प्युटरका फाइललाई ‘लक’ ९इन्क्रिप्ट० गरेर फिरौती माग्ने समूहले नेपाली इन्टरनेट सेवाप्रदायक र कमर्सियल बैंकमा समेत आक्रमण गरेका छन् । एक प्रकारको कम्प्युटर भाइरस ९र्यान्सम वेयर० मार्फत साइबर अपराधीको अन्तर्राष्ट्रिय गिरोहले गत शुक्रबारदेखि विश्वका विभिन्न मुलुकमा यस्तो आक्रमण गरिरहेको छ । युरोपबाट सुरु भएको भाइरस आक्रमणले छिमेकी मुलुक भारत र चीनमा समेत ठूलो क्षति पुर्याइसकेको छ । नेपाली इन्टरनेट सेवाप्रदायक र बैंकहरूले ‘सर्भर’को ‘कोर सिस्टम’ का लागि ‘लिनक्स’ चलाउने गरेकाले आक्रमण हुने सम्भावना कम देखिएको छ । प्रशासनिक र अन्य कामका लागि भने ‘विन्डोज’ चलाइएकाले यस्ता कम्प्युटरमा आक्रमणको खतरा धेरै छ, विजय लिम्बुले भने ।

नेपाली इन्टरनेट सेवाप्रदायक र बैंकहरूले ‘सर्भर’ को ‘कोर सिस्टम’ का लागि ‘लिनक्स’ चलाउने गरेकाले आक्रमण हुने सम्भावना कम देखिएको छ । प्रशासनिक र अन्य कामका लागि भने ‘विन्डोज’ चलाइएकाले यस्ता कम्प्युटरमा आक्रमणको खतरा धेरै छ । लिम्बुले आफूहरूले ‘आइपी एड्रेस’ का आधारमा नेपालका केही संस्थामा आक्रमण भएको पत्ता लगाई इमेल लेखेर सचेत गराइदिएको समेत बताए। बैंकहरूमा ‘सर्भर’ तथा साइबर सुरक्षा सेवा प्रदान गर्ने एक कम्पनी सञ्चालकका अनुसार नेपालका तीनवटा कमर्सियल बैंकको ‘क्लाइन्ट सेक्सन’ मा ‘र्यान्सम वेयर’ आक्रमण भएको छ । नेपालमा धेरैले ‘विन्डोज’ मा आधारित प्रणाली चलाउने गरेकाले आक्रमणको खतरा बढेको साइवर सुरक्षा क्षेत्रमा काम गर्नेहरु बताउँछन् । यता इन्टरनेट सेवाप्रदायक कम्पनीको ‘कोर सिस्टम’ मा आक्रमण हुने सम्भावना कम रहेको सुबिसु केबलनेटका सञ्चालक सुधीर पराजुली बताउँछन् । कोर सिस्टममा प्राय सबैको नै लिनक्स प्रयोग भएकाले आक्रमण हुने सम्भावना धेरै कम रहेको पराजुलीको दाबी छ,

र्यान्सम वेयर’ आक्रमण भएपछि कम्प्युटरमा भएका सबै फाइल ‘लक’ हुन्छन् । फाइल खोल्नका लागि फिरौती माग्ने समूहलाई रकम बुझाएपछि मात्र उनीहरूले ‘लक’ खोलिदिन्छन् । नेपालीले विभिन्न कार्डमार्फत सजिलै रकम बुझाउन नसक्ने भएकाले पनि आक्रमणकारी समूहले नेपालमा आक्रमण गर्ने सम्भावना भने अन्यत्रको भन्दा कम रहेको सूचना प्रविधि विज्ञहरु बताउँछन् । ‘विन्डोज–१०’ भन्दा अगाडिका अपडेट नभएका अपरेटिङ सिस्टममा ‘वानक्राई’ आक्रमण सम्भावना बढी रहेको छ ।

पछिल्लो समय विश्वका ९९ देशका कम्प्युटरमा साइवर हमला गरी ‘लक’ गरेर फिरौती माग्ने समूहले ‘वानक्राई’ नामक ‘¥यान्सम वेयर’ मार्फत विश्वभर नै साइवर आतंक मचचाइरहेका छन् । यसबाट सबैभन्दा धेरै युरोपेली मुलुक प्रभावित भएका छन् । रुस, भारत, युक्रेनलगायत मुलुकमा डिजिटलरुपमा सञ्चालित विभिन्न सरकारी सेवामा समेत यसले असर पारेको छ।

‘र्यान्सम वेयर’ बाट बच्नका लागि ‘विन्डोज टेन’ भन्दा अगाडिका अपरेटिङ प्रणालीमा ‘एमएस–१७–०१०’ अपडेट गर्न प्राविधिकले सुझाएका छन् । यसैगरी इमेल र सामाजिक सञ्जालबाट आएका शंकास्पद कुरालाई नखोलेर आक्रमणबाट बच्न सकिन्छ । ‘रिमोट सेयरिङ र पेयरिङ’ लाई बन्द गर्ने, आफ्ना फाइल ‘एक्टर्नल ड्राइभ’ मा राख्नेलगायत उपाय अपनाएर आक्रमणबाट हुने क्षति कम गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?